×

NMB BANK
NIC ASIA

ऐतिहासिक फैसला

शिशु हत्या गर्ने आमालाई ४ वर्ष कैद, गर्भ बोक्न बाध्य पार्ने पुरुषलाई जन्मकैद

माघ १८, २०७८

NTC
Premier Steels

अवैध गर्भधारणबाट जन्मिएकी नवजात शिशुको हत्या गर्ने आमा भन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार ठहर गर्दै  उच्च अदालत दिपायलले मंगलबार एउटा ऐतिहासिक फैसला गरेको छ। भाउजू नाताकी महिलालाई अवैध गर्भधारण गराई शिशु हत्या भएको घटनामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र जगत बहादुर थापाको संयुक्त इजलासले राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाएको हो।

Muktinath Bank

अवैध गर्भधारण पछि शिशु जन्मेको ३४ दिनमा नवजात शिशुको हत्या गरेको अभियोगमा यसअघि बाजुरा जिल्ला अदालतले आमालाई मात्र ४ वर्ष कैद गर्ने फैसला गरेको थियो । अहिले उच्च अदालतले गर्भ बोकाउने व्यक्तिलाई पनि बढी जिम्मेवार बनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि जिल्ला अदालतले गर्भ बोकाउने बडुवाललाई भने निर्दोष भन्दै सफाई दिएको थियो। तर उच्च अदालत दिपायलले भने त्यो फैसला उल्ट्याउँदै गर्भ बोकाउने बडुवाललाई बढी जिम्मेवार मान्दै जन्म  कैदको सजाय गरेको हो।


Advertisment
Nabil box
Kumari

शिशु हत्यामा गर्भ बोकाउने व्यक्तिलाई नै जन्मकैदको सजाय भएको यो पहिलो घटना हो। शिशु हत्याका अधिकांश मुद्दाहरूमा सन्तान जन्माउने आमालाई मात्र सजाय हुने गरिएको अवस्थामा अवैध गर्भधारण गराउने व्यक्तिलाई मुख्य कसूरवार तथा जिम्मेवार मान्दै उच्च अदालत दिपायलले फरक फैसला गरेको छ।   

Vianet communication

‘लोग्ने घरमा नभएको  बेला भाउजूलाई करणी गर्न बाध्य पार्ने, अवैध गर्भाधान गराउने, शिशु जन्मेपछि गर्भ बोकाउने व्यक्तिको कथित सामाजिक लाज जोगाउन समेत महिलाले नै जीबन बलिदान दिई आजन्म जेल बसि दिनुपर्ने भन्ने सोच पुरुषप्रधान समाजको महिला माथिको यौन हिंसा मात्र नभई अपमानजन्य चरम शोषणको उपज हो,’ उच्च अदालतले गरेको उक्त फैसलामा भनिएको छ,‘यस्तो कसूरमा कसूरको जरियाको रूपमा रहेको लोग्ने मानिसले कसूरबाट सफाई पाउने महिलाले जन्मकैद बस्नु पर्ने सामाजिक न्यायको दृष्टिमा समेत न्यायोचित हुन आउँदैन। तसर्थ शुरू अदालतको फैसलामा गम्भीर त्रुटि देखिन्छ ।’

घटना विवरणअनुसार  प्रतिवादी बडुवालले भाउजुलाई करणी गरी पेटमा गर्भ हुर्किदै गएको थियो।  अब के गर्ने भनी भाउजूले राजकुमार बडुवालसँग कुरा गर्दा परेको म बेहोर्छु भनेर आश्वासन दिएका थिए। उनले बच्चा जन्मिएपछि मार्ने बताएका थिए भने सोही अनुसार जन्मेको ३४ औं दिनमै विषाक्त  रस खुवाई मारेको भन्ने जाहेरी परेको थियो।

उक्त अपराध गराउनमा ती महिला र राजकुमार बडुवाल संलग्न भएकोमा कसूरको मात्रा हेरी राजकुमारलाई मुख्य कसूरदार मानी जन्मकैदको सजाय गरिएको हो। हत्यामा विषाक्त रस ल्याएर खुवाउन सहयोग गरेकी महिलाकी जेठानीलाई समेत ६ महिना कैदको सजाय उच्च अदालत दिपायलले गरेको छ। शिशुको २०६९ जेठ २७ गते हत्या भएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x