×

NMB BANK
NIC ASIA

देउवा सरकारका गृहमन्त्री खाँणले ६ महिने कार्यकालमा के–के काम गरे ?

माघ २१, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका छन् ।

Muktinath Bank

उनले बिहीवार सार्वजनिक गरेको ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागूऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना गरिएको तथा अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार जनाइएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वय कार्यविधि प्रदेश प्रहरीको क्षमता अभिवृद्धि निर्देशिका, निर्वाचन सुरक्षा योजना, राष्ट्रिय राजमार्ग सुरक्षा कार्यविधि मस्यौदा तयार भएको छ । 


Advertisment
Nabil box
Kumari

त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना कार्यान्वयनमा ल्याइएको, फौजदारी कसूर कैद कट्टा (दोस्रो संशोधन) नियमावलीको मस्यौदा तर्जुमा गरिएको तथा केही नेपाल ऐन संशोधन गर्न बनेको ऐनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन प्रक्रियमा रहेको जनाइएको छ । 

Vianet communication

राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसूर कैद कट्टा दोस्रो संसोधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संशोधन भई कार्यान्वयनमा आइसकेको छ । 

गृह सुधार कार्ययोजना २०७८ को मस्यौदा तयार गरिएको, गृह मन्त्रालय, एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा तयार गरी कार्यन्वयनमा रहेको, बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको तथा हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जस्ता नीतिगत सुधार गरिएको जनाइएको छ ।

प्रहरीतर्फ सुधार

प्रहरी नियमावलीमा नवौं संशोधन गरी सहायक तथा श्रेणीविहीन दर्जामा वर्षौंदेखि एउटै पदमा कार्यरत रहनुपर्ने अवस्थाको अन्त्य गरी वृत्ति विकासलाई थप अनुमानयोग्य बनाइएको छ । त्यसका लागि राजपत्र अनंकिततर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार गरी ३ तह तथा श्रेणीविहीनतर्फ द्वितीयदेखि पञ्चमस्तरसम्म ४ तह गरी जम्मा ७ तह थप दरबन्दी सिर्जना गरी ती पदमा बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरी प्रहरीको मनोबल उच्च पारिएको प्रगति विवरणमा उल्लेख छ । 

यस व्यवस्थाबाट १ हजार ८९० श्रेणीविहीन, १४ हजार ५५२ प्रहरी जवान, ३ हजार ३८३ प्रहरी हवल्दार र १ हजार १७९ वरिष्ठ नायब निरीक्षक गरी जम्मा २१ हजार ४ प्रहरी कर्मचारीको तह वृद्धि हुनेछ । 

सचिवालयका अनुसार ट्राफिक प्रहरीतर्फ कार्यालय सहयोगीदेखि प्रहरी हवल्दारसम्म शुरू तलब स्केलको ४० प्रतिशत प्रहरी सहायक निरीक्षकदेखि प्रहरी निरीक्षकसम्म २० प्रतिशत र प्रहरी निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्म १० प्रतिशतका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ ।

प्रहरी संगठनभित्र आदरार्थी शब्द प्रयोग गर्न निर्देशन दिइएको, दलित समुदायका लागि प्रहरी कार्यालयबाट पाउने सेवा सुविधा छिटोछरितो र सहजरूपमा प्राप्त गर्न तथा सम्बन्धित मुद्दा मामिलामा सहजीकरण गर्न सामाजिक सहायता कक्षको व्यवस्था गरिएको जनाइएको छ । 

चालू आवको ६ महिनामा मुलुकभित्र अवैधानिकरूपमा बसेका तथा गैरकानूनी कार्यमा संलग्न विभिन्न मुलकका गरी १५४ जनालाई निष्काशन गरिएको छ । 

विपद् व्यवस्थापन

विपद्सम्बन्धी सम्पूर्ण विवरण एकीकृतरूपमा रहने गरी तयार गरिएको र जोखिम नक्सांकन गरी एकीकृतरूपमा तथ्यांक प्रविष्ट गर्ने कार्य भइरहेको जनाइएको छ । मनसुनबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि रु ३६ करोड ३ लाख अनुदान रकम पठाइएको छ । विभिन्न दुर्घटनामा परी घाइते भएका, बाढी तथा पहिरोबाट प्रभावितलाई उद्धार तथा राहत सामग्री ढुवानी गर्ने प्रयोजनार्थ नेपाली सेनाको हेलिकप्टरबाट ११० बढी पटक उडान गरी सहजीकरण गरिएको जनाइएको छ ।

सिन्धुपाल्चोक र मनाङ जिल्लाका सबै र बझाङ, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा, इलाम, रुपन्देही, पाँचथर र धनुकटा जिल्लाका ३३ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक कार्य अघि बढाइएको छ ।

अन्य प्रगति विवरण 

खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको, विगत ६ महिनामा मात्र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा गरी कूल ९५० थान सीसीटीभी क्यामेरा जडान गरिएको छ । मुलुकका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको संख्या २२७ पुगेको जनाइएको छ । 

मन्त्रालयले ३० वटा लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रलाई मन्त्रालयमा आबद्ध गराइएको छ । लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना (२०७९–२०८४) को मस्यौदा तयार गरिएको छ । 

लागूऔषध मुद्दामा नेपाली नागरिक २ हजार १८३, भारतीय नागरिक  ५८ र विदेशी नागरिक ६ जना गरी कूल २ हजार २४६ जना पक्राउ गरिएको छ । यसअवधिमा थप १७३ सहित हालसम्म कूल ६५४ स्थानीय तहमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रका लागि २३ लाख ७४ हजार ८८१ जना नागरिकको विवरण संकलन गरिएको छ ।

मन्त्रालयले उखु किसानलाई ६९ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गराउने सम्बन्धमा आवश्यक समन्वय गरेको छ । गम्भीर प्रकृतिका रोग लागेका तथा अन्य राज्यले सहयोग गर्नैपर्ने व्यक्तिका लागि ९ करोड ५५ लाख आर्थिक सहायता दिइएको मन्त्री खाँणले सार्वजनिक गरेका प्रगति विवरणमा जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x