×

NMB BANK
NIC ASIA

छालाका जुत्ता पानी देखेर डराएजस्तै सरकार निर्वाचनबाट डरायो- प्रदीप ज्ञवाली

माघ २३, २०७८

NTC
Premier Steels

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘छालाका जुत्ता पानी देखेर डराए’जस्तै निर्वाचनबाट भागेको दाबी गरेका छन् । 

Muktinath Bank

प्रेस चौतारी नेपाल रूपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धनप्रति एमालेलाई कुनै टाउको दुखाइ छैन,’  उनले भने, ‘छालाका जुत्ता पानीबाट भागेजस्तै कांग्रेस र माओवादीसहितको गठबन्धन सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ । जहिले भए पनि एमाले चुनाव फेस गर्न तयार छ ।’ 


Advertisment
Nabil box
Kumari

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने भन्दै उनले स्थानीय तहलाई एक दिन पनि खाली गराउने छुट सरकारलाई नभएको बताए । ‘मुलुकको निकास ताजा जनादेशबाट हुन्छ, समयमा स्थानीय तहको चुनाव हुनुपर्छ,’ उनले भने ।  

Vianet communication

शेरबहादुर देउवा सरकारले नेपालको इतिहासले कहिल्यै नभोगेको अस्तव्यस्त सिर्जना गराएको आरोप पनि लगाए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गिजोल्दा देशको लोकतन्त्र नै धर्मराएको दाबी गरे । 

पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले वर्तमान देशको अवस्था आन्तरिक र बाह्य हिसाबले चुनौतीपूर्ण देखिएको बताए । 

संविधानले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था भए पनि त्यसलाई छलेर खाली गर्न अनेक बहाना रचिरहेको उनको आरोप छ । 

‘बिना कुनै चलखेल छिटो चुनावको मिति घोषणा देउवाले नगरे फेरि उनलाई कलंकको टीका लगाउने छन्, कुनै पनि बहानामा स्थानीय चुनाव रोक्ने पाइँदैन,’ ज्ञवालीले भने । 

एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने पनि बताए । 

‘सभामुखले संसदको ढोका बन्द गरेका छन्, एमसीसीप्रति सभामुखको धारणा विवादास्पद छ,’ उनले भने, ‘प्रक्रियामा अल्झिएकोले एमालेले आफ्नो धारणा नल्याएको हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x