×

NMB BANK
NIC ASIA

५ प्रतिशतले घट्यो रेमिट्यान्स

माघ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स रकम गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले घटेको छ ।

Muktinath Bank

रेमिट्यान्स आय यो अवधिसम्ममा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स आय ११.१ प्रतिशतले बढेको भने यो वर्ष भने घटेको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकी डलरमा भने जम्मा ३ अर्ब ९३ करोडको रेमिट्यान्स पछिल्लो ६ महिनामा नेपाल भित्रिएको छ । यो रकम पनि गत वर्षको तुलनामा ६.२ प्रतिशतले घटेको हो ।

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकका अनुसार पुससम्मको महँगीदर भने साढे ५ प्रतिशत मात्रै रहेको छ । अघिल्लो महिना यस्तो महँगी दर ७.११ प्रतिशतसम्म पुगेको थियो । 

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पुससम्ममा ५.६५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ पुससम्ममा सबैभन्दा बढी महँगी घ्यू तथा तेलमा रहेको छ । यी वस्तुमा २१.२२ प्रतिशतको मुद्रास्फीति दर रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  

यो अवधिमा सरकारले गरेको खर्च भने ५ खर्ब ६ अर्ब ७० करोड रूपैयाँ रहेको छ । यस्तो खर्चमा चालू खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रूपैयाँ र पुँजीगत खर्च भने ५० अर्ब ८१ करोड रूपैयाँ मात्रै रहेको छ । यसमा वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ४९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 

सरकारले ६ महिनामा ५ खर्ब ५२ अर्ब राजस्व संकलन गरेकोमा खर्च गरेर बाँकी रहेको रकम पुस मसान्तमा सरकारी खातामा दुई खर्ब ७७ अर्ब ८२ करोड रूपैयाँ रहेको पनि राष्ट्र बैंकको प्रतिवेदनमा छ । 

बैंकहरूमा निक्षेप कम कर्जा बढी

चालू आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप जम्मा ३.८ प्रतिशतले मात्रै बढाएका छन् । यो अवधिमा कर्जा प्रवाह भने १२.१ प्रतिशतले बढेको छ ।

यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ६२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । 

यसबाट बैंकहरूले प्रवाह गरेको कर्जा भने ४ खर्ब ९४ अर्ब रूपैयाँ रहेको छ । यो अवधिमा राष्ट्र बैंकले पुनरकर्जाबापत बजारमा १ खर्ब ५८ अर्ब रूपैयाँ प्रवाह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x