असार ४, २०७९
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ ।
अनुसन्धाताहरूले एक सेकेन्डमा एक टेराबाइट डेटा एक किलोमिटर पर पठाएका छन् । भोर्टेक्स मिलिमिटर वेभ उपयोग गरेर उनीहरूले कीर्तिमान हासिल गरेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।
भोर्टेक्स मिलिमिटर भन्नाले एकदमै उच्च फ्रिक्वेन्सीको रेडियो वेभ हो जुन द्रुत गतिमा घुम्छ ।
सिन्ग्वा विश्वविद्यालयको स्कूल अफ एयरोस्पेस इन्जिनीयरिङका प्राध्यापक चाङ चाओले बुधवार एक विज्ञप्ति जारी गरेर परीक्षणात्मक ताररहित सञ्चार सेवाका बारेमा जानकारी दिए । उक्त प्रविधिमार्फत बेइजिङ ओलम्पिक कम्पाउन्डमा १० हजारवटा हाई डेफिनिसन लाइभ भिडियो फीडहरू एकैपटक स्ट्रीम गर्न सकिएको उनले बताए ।
हाइपरसोनिक हतियारले ६जी प्रविधि उपयोग गरेर लक्ष्यहरू पत्ता लगाउन सक्ने परीक्षण पनि भइसकेको जानकारी उनले दिए । ध्वनिको भन्दा पाँचगुणा बढी गतिमा समेत सञ्चारसेवा कायम रहने परीक्षणमा पाइएको छ ।
चीनले भविष्योन्मुखी ६जी प्रविधिमा युद्धस्तरमा काम गरिरहेको धेरैपटक संकेत दिइसकेको छ । चाङ र उनका सहयोगीहरूका अनुसार, भोर्टेक्स वेभहरूले ताररहित ट्रान्समिसनमा नयाँ आयाम थपेका छन् । यस्तो किसिमको सञ्चार यसअघि कहिले पनि देखिएको थिएन ।
China sets #6G speed world record, 10 to 20 times faster than #5G. pic.twitter.com/CKb1MD6iar
— Ambassador Deng Xijun (@China2ASEAN) January 8, 2022
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो । शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ । शनिको चन्द्रमा ...
सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख...
बेलायती वैज्ञानिकहरूले नक्कली सूर्य बनाउन सफलता पाएका छन् । सूर्यकै प्रविधि उपयोग गरेर उनीहरूले परमाणु फ्युजन गराउने एक रियाक्टर बनाउन सफलता पाएका हुन् । त्यसबाट अपार ऊर्जा निस्कनेछ । अक्सफोर्ड...
अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् । अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् । मानिसहरूले फ...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...