०३ असार २०८३, बुधबार

चीनले गर्दैछ ६जी प्रविधिमा काम, अमेरिका पर्‍यो निकै पछि (भिडियो)

माघ २८, २०७८
चीनले गर्दैछ ६जी प्रविधिमा काम, अमेरिका पर्‍यो निकै पछि (भिडियो)

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ । 

अनुसन्धाताहरूले एक सेकेन्डमा एक टेराबाइट डेटा एक किलोमिटर पर पठाएका छन् । भोर्टेक्स मिलिमिटर वेभ उपयोग गरेर उनीहरूले कीर्तिमान हासिल गरेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ । 

भोर्टेक्स मिलिमिटर भन्नाले एकदमै उच्च फ्रिक्वेन्सीको रेडियो वेभ हो जुन द्रुत गतिमा घुम्छ । 

सिन्ग्वा विश्वविद्यालयको स्कूल अफ एयरोस्पेस इन्जिनीयरिङका प्राध्यापक चाङ चाओले बुधवार एक विज्ञप्ति जारी गरेर परीक्षणात्मक ताररहित सञ्चार सेवाका बारेमा जानकारी दिए । उक्त प्रविधिमार्फत बेइजिङ ओलम्पिक कम्पाउन्डमा १० हजारवटा हाई डेफिनिसन लाइभ भिडियो फीडहरू एकैपटक स्ट्रीम गर्न सकिएको उनले बताए । 

हाइपरसोनिक हतियारले ६जी प्रविधि उपयोग गरेर लक्ष्यहरू पत्ता लगाउन सक्ने परीक्षण पनि भइसकेको जानकारी उनले दिए । ध्वनिको भन्दा पाँचगुणा बढी गतिमा समेत सञ्चारसेवा कायम रहने परीक्षणमा पाइएको छ । 

चीनले भविष्योन्मुखी ६जी प्रविधिमा युद्धस्तरमा काम गरिरहेको धेरैपटक संकेत दिइसकेको छ । चाङ र उनका सहयोगीहरूका अनुसार, भोर्टेक्स वेभहरूले ताररहित ट्रान्समिसनमा नयाँ आयाम थपेका छन् । यस्तो किसिमको सञ्चार यसअघि कहिले पनि देखिएको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्