×

NMB BANK
NIC ASIA

मालपोतमा जहिल्यै भीड, प्रविधिमैत्री बनाइएको भनिए पनि सेवाग्राहीका सास्ती उस्तै

फागुन १, २०७८

NTC
Premier Steels

बिहीवार ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा पुग्दा थामिनसक्नु भीड थियो ।

Muktinath Bank

त्यहाँ कोही जग्गा कारोबारको राजस्व तिर्ने लाममा देखिन्थे भने कोही अन्य काममा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही भीडबाट एकजना भन्दै थिए– ‘अनलाइनमा राजस्व तिर्न मिल्छ भन्छन्, मैले चाहिँ जहिले पनि लाइन बस्नै पर्छ ।’


Advertisment
Nabil box
Kumari

ती युवा ललितपुरको इमाडोलबाट आएका रहेछन् ।

Vianet communication

करीब २/३ घन्टा लाममा बसेको सुनाउँदै उनले विगतलाई सम्झिए । 

‘अघिल्लोपटक यहाँ अर्कै मानिस थियो । बाहिरैबाट पैसा दियो भने उसले एक घण्टामै तिरिदिने । मैले तीन दिन पर्खिँदा पनि पालो नआएपछि उसैलाई दिएको थिएँ,’ उनले भने ।

अहिले अनलाइन माध्यमबाट राजस्व तिर्ने सुविधा भएपनि सबैलाई त्यसले समेट्न नसकेको सुनाए । 

उनीसँगै लाइनमा रहेका अर्का युवाले पनि राजस्व तिर्नकै लागि लाममा बस्नुपर्ने वर्षौंदेखिको बाध्यता नहट्दा सास्ती खेप्नुपरेको सुनाए ।

‘मैले पहिले दलालमार्फत तिरेको थिएँ, अहिले चाहिँ अनलाइनबाट सजिलै तिर्न मिल्छ भन्ने सुनेको थिएँ, तर समस्या आयो भने । अनि यतै आउनुपर्‍यो,’ ती युवाले भने ।

यी प्रतिनिधि पात्र मात्रै हुन् ।

मालपोत कार्यालयहरूले प्रविधिमैत्री सेवा नदिँदा ठूलो संख्याका नागरिकले सास्ती खेप्दै आएका छन् । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिले अनलाइनमार्फत राजस्व तिर्न सक्ने सुविधा सञ्चालन गरिरहेको छ ।

तर प्रणालीमा पटकपटक समस्या आउँदा नागरिकले भने मालपोत कार्यालय नै धाउनुपर्ने बाध्यता हट्न सकेको छैन । 

मालपोत कार्यालयको आफ्नै समस्या 

हरेक ठाउँमा रहेका मालपोत कार्यालयहरूमा प्रायजसो भीड भइरहनु सामान्य नै देखिन्छ । 

कार्यालयमा भीड व्यवस्थापनका लागि टोकन सिस्टम छ । तर त्यो सिस्टम केही समयदेखि बन्द छ । 

यस्ता समस्याहरूमा कार्यालयले खासै चासो दिएको देखिँदैन । 

कार्यालयमा पुगेका सेवाग्राहीहरू कार्यालयको व्यवस्थापनले नै चुस्त काम नगर्दा समस्या आएको गुनासो गर्छन् ।

यता, भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्य अनलाइन प्रणालीमा प्रायः समस्या आइरहँदा सेवाग्राही मात्रै हैन कार्यालयका कर्मचारीले पनि हैरानी खेप्नुपरेको सुनाउँछन् । 

‘सेवाग्राही लाइनमा हुन्छन्, उता अनलाइनमा समस्या आइदिन्छ, त्यसपछि कार्यालय आएका सेवाग्राहीलाई त्यसै फर्काउने कुरा हुँदैन, कहिलेकाहीँ त राति अबेरसम्म पनि काम गरेर बस्नुपर्ने अवस्था आएको छ,’ प्रमुख मालपोत अधिकृत आचार्यले भने । 

उनले प्रणालीमा समस्या आउँदा धेरैजसो समयमा काम प्रभावित हुने गरेको सुनाए । 

प्रणालीमात्र नभई विद्युत आपूर्तिमा हुने अवरोधले पनि मालपोत कार्यालयलाई प्रविधिमैत्री बन्न नदिएको उनी सुनाउँछन् । 

‘यो निकै तीतो अनुभव हो, विद्युत् अवरोधको कुनै एउटा तालिका भएको भए ‘ब्याकअप’ केही राख्न हुन्थ्यो । तर त्यस्तो छैन,’ उनले भने, ‘अहिले प्रायःजसो विद्युत आपूर्तिमा अवरोध भइरहँदा सेवाग्राहीले त सास्ती पाएका छन् नै हामीले पनि सास्ती खेपेका छौँ ।’

यता भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा पनि समस्या उस्तै छ । 

सो कार्यालयमा पनि प्रायः भीड रहिरहन्छ । कार्यालयका कर्मचारीलाई काम भ्याइनभ्याइ नै हुन्छ । तर अनलाइनमार्फत काम हुने अवस्था आएपनि चुस्त दुरुस्त नहुँदा सास्ती खेप्नुपरेको कार्यालयका कर्मचारीहरू बताउँछन् । 

कार्यालयका मालपोत अधिकृत रमेश पौडेल कार्यालयलाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणाली नै चुस्तदुरुस्त हुनुपर्ने बताउँछन् ।

‘प्रणालीमा प्रायः समस्या आइरहँदा अनलाइनबाट गर्नुपर्ने काम पनि म्यानुअल्ली नै गरिरहेका हुन्छौँ,’ उनी भन्छन्, ‘मुख्य कुरा अनलाइन प्रणालीलाई नै चुस्तदुरुस्त बनाउनु हो ।’

मुलुकभरमा १ सय २६ वटा मालपोत कार्यालय छन् । सबैतिरको हालत उही छ ।

कार्यालयको अभिलेख कोचिएका बोराहरू

प्रणाली छ, चुस्त छैन

अहिले मालपोत कार्यालयहरू प्रविधिमैत्री बन्ने प्रयास गरिरहेका छन् । 

२०७२ सालदेखि अनलाइन प्रणालीमा आवद्ध भएका मालपोत कार्यालयहरूका लागि अहिले डिजिटल भूमि अभिलेखीकरण र प्रविधिमा हुने समस्या समाधानका लागि अभ्यास गरिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभाग बताउँछ । 

अहिले मुलुकमा भएका १२६ वटै मालपोत कार्यालयहरू अनलाइन प्रणालीमा गएका छन् । विभिन्न समयमा अनलाइनमार्फत जोडिएका ती कार्यालयहरूमा विगतमा भन्दा अहिले केही व्यवस्थापन भएपनि चुस्तदुरुस्त सेवा प्रवाह भने भइनसकेको मालपोत कार्यालयका कर्मचारीहरू बताउँछन् । 

अहिले सञ्चालनमा रहेका सबै मालपोत कार्यालयहरूमा भू–सूचना प्रणाली लागू भइसकेको छ भने ‘पब्लिक एक्सेस मोडल’ (पाम) मा ६७ मालपोत कार्यालय आवद्ध भएका छन् ।

सरकारले अहिले भूमि सुधार तथा मालपोत कार्यालयहरूमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको दाबी गरेको छ । यसबाट जग्गा प्रशासनका सूचनाहरू बढी सुरक्षित, भरपर्दो तथा केन्द्रीयस्तरबाट तत्काल कारोबारको स्थिति जानकारी लिन सकिन्छ ।

यस प्रणालीमा जग्गाधनीको बायोमेट्रिक विवरण राखिने र कारोबारको जानकारीका लागि मोबाइल एपमार्फत सम्बन्धित जग्गाधनीलाई सूचित गरिने राज्यको लक्ष्य रहेको छ । 

पूर्ण कार्यान्वयनमा आइसके पनि यो प्रणालीले पुराना जग्गाधनीलाई भने समेट्न नसकेको विभागका निर्देशक कृष्णप्रसाद भण्डारी बताउँछन् । 

विभागका अनुसार पाम मोडलमा गएका कार्यालयहरूबाट सेवाग्राहीले आफू अनुकूल तरिकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्वक जग्गाको कारोबारका लागि अनलाइन निवेदन दिन सक्नेछन् ।

यस प्रणालीको माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गाको हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफूलाई पायक पर्ने भू–सेवा केन्द्रमार्फत अनलाईन नै भरी सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेश गर्न, प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्नेछन् ।

विभागका निर्देशक भण्डारीले प्रणालीमा समस्या आइरहेको बताउँदै यसलाई अहिले अपडेट गर्ने काम भइरहेको दाबी गरे । 

लोकान्तरसँग उनले भने, ‘शुरूमा प्रणाली लञ्च गर्दा विचार पुगेको रहेनछ, म यहाँ आएको भर्खर तीन महिना भयो, मैले अहिले के भइरहेको छ, बुझेर नै तपाईंलाई भनेको हुँ ।

कति क्षमताको राख्ने भन्ने विचार नपुर्‍याइँदा अहिले समस्या भएको हो ।’

अहिले प्रणाली अपडेट गर्ने र डेभलपरसँग समस्या घटाउनका लागि छलफल भइरहेको उनको भनाइ छ । 

पुराना अभिलेखलाई डिजिटलाइज्ड गर्नै समस्या 

मालपोत कार्यालयहरू भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याए पनि यसमा धेरै चुनौतीहरू देखिएका छन् ।

पुराना कागजात र पुराना घरधनीहरूलाई प्रणालीमा समेट्न नसकिएको विभागका सूचनाप्रविधि निर्देशक राजकुमार महर्जनले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार कतिपय घरधनीहरू मालपोतको सम्पर्कमा आएर पुराना अभिलेखलाई व्यवस्थित गर्न सहयोग गर्नुपर्नेमा उनीहरू सम्पर्कमा नआउँदा त्यस्ता कागजातहरूलाई व्यवस्थित गर्न नसकिएको हो । 

उनले भने, ‘कतिपय मालपोत कार्यालयहरूमा निकै पुराना तथा च्यातिएका कागजपत्र छन्, तिनीहरूलाई स्क्यान गरेर राख्न निकै समय लाग्ने अवस्था छ ।’

जनशक्ति अभावका कारण पनि कतिपय मालपोत कार्यालयहरूमा त्यस्ता कागजातहरूको व्यवस्थापनमा ढिलाइ भएको निर्देशक महर्जनको दाबी छ ।

कार्यालयमा जहिल्यै भीड

कार्यालयहरू जति प्रविधिमैत्री भएको दाबी गरिएपनि भीड भने उस्तै देखिन्छ । मालपोतका कर्मचारीहरू भने भीड हुनुको मुख्य कारण सेवाग्राहीको मनोविज्ञान भएको बताउँछन् ।

निर्देशक भण्डारीका अनुसार, मालपोत कार्यालयहरूमा प्रायःजसो सोमवार र बुधवार बढी भीड हुन्छ । 

धार्मिक रूपमा यी दिन कारोबार गर्नु उत्तम हुने विश्वासका कारण पनि प्रायः कारोवार सोमवार र बुधवार हुने गरेको छ ।

जग्गा किनबेचसँग असम्बन्धित तर, कारोवारीका नजिकका आफन्तहरू पनि मालपोत आउँदा समेत भीड हुने गरेको उनले बताए ।

दुईजना भए पुग्ने ठाउँमा ५/७ जना आउने गरेको उनको भनाइ छ ।

 ९० प्रतिशत काम प्रविधिबाटै 

विभागका सूचना प्रविधि निर्देशक महर्जन प्रविधिको उदाहरण दिनुपर्दा विभागलाई सम्झनुपर्ने बताउँछन् । 

‘हालसम्म ९० प्रतिशतभन्दा बढी काम हामीले  प्रविधिबाट नै गर्छौं,’ उनको दाबी छ । 

प्रविधिमा उत्कृष्ट भएकाले नै विभाग ‘डिजिटल आईसीटी अवार्ड –२०२१’ बाट सम्मानित भएको उनले बताए । 

हाल १ सय २६ मालपोत कार्यालयहरूबाट एक दिनमा करीब ४० करोड रुपैयाँको कारोबार भइरहेको समेत उनले जानकारी दिए ।

यस्ता छन्, नयाँ योजना

विभागले चालू आर्थिक वर्ष २०७८/७९ को असार मसान्तभित्रमा नै आफ्नो डेटा सेन्टरलाई मजबूत बनाउने जनाएको छ । 

नयाँ मोडलमा सफ्टवेयर ल्याउनका लागि प्रक्रिया शुरू भइसकेको उनको भनाइ छ । 

यस्तै एक महिनाभित्रमा सबै मालपोत कार्यालयहरूमा अनलाइन टोकनको व्यवस्था गर्ने विभागको तयारी छ । 

साथै सेवाग्राहीहरूको फाइल कार्यालयभित्र कहाँ कुन अवस्थामा छ, के कति काम भयो भन्नेबारे जानकारीका लागि फाइट ट्र्याकिङ सिस्टम सञ्चालनमा ल्याउने विभागको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x