×

NMB BANK
NIC ASIA

विदेशीसामु लम्पसार परेर एमसीसी अघि बढाइएको भीम रावलको आरोप

फागुन ८, २०७८

NTC
Premier Steels

नेकपा एमालेका नेता एवं  सांसद भीम रावलले संसदमा एमसीसी टेबुल गर्दा संसदको विशेषाधिकार र नेपाली जनताको अपमान हुने बताएका छन् । 

Muktinath Bank

संसदमा बोल्दै रावलले विदेशीको धम्कीसामु लम्पसार परेर एमसीसी संसदमा टेबुल गर्न लागिएको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली जनता नेपालको स्वतन्त्रता, स्वाभिमानको पक्षमा काम गर्छ कि राष्ट्रघाती प्रावधान भएको एमसीसी सम्झौतालाई स्वीकार गर्छ भनेर हेरिरहेको रावलले बताए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘कहिल्यै कसैको अधिनमा नभएको, नेपालको कानून र संविधान मिचिने, भूभाग विदेशी कम्पनीको अधिनमा हुने व्यवस्थालाई कसरी संसदले स्वीकार गर्न सक्छ ?’ 

Vianet communication

विपक्षी पार्टीले संसद अवरोध गरिरहेको अवस्थामा एमसीसी टेबल गरिन गैरजिम्मेवार काम हुने उनले बताए ।  

‘नेपालको स्वाधिनता, स्वाभिमान र आत्मनिर्णयको अधिकारसँग सम्बन्धित विषयमा प्रमुख राजनीतिक दलहरु बीचमा सहमति नभइरहेको अवस्थामा नेपाली जनताको भावना विपरीत टेबुल गरिने कुरा आपत्तिजनक छ,’  रावलले भने । 

प्राकृतिक स्रोतको बाँडफाँट गर्नुपर्ने लगायतको सम्झौता संसदमा ल्याउँदा दुई तिहाइ बहुमत चाहिने तर अहिले राजनीतिक दलहरुबीचमा कुरा नमिलिरहेको अवस्थामा एमसीसी संसद ल्याउन नहुने उनले बताए ।

‘देश कानूनी शासनबाट चल्छ कि विदेशी धाकधम्की सामु लम्पसार परेर, जनताको आवाज कुल्चेर जस्तो वातावरणमा टेबल गरिदै छ त्यो आपत्तिजनक छ,’ रावलले भने, ‘यो सार्वभौम नेपाली जनताको अपमान हो, संसदको अपमान हो । संसदको विशेषाधिकारको अपमान हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x