×

NMB BANK
NIC ASIA

अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न राप्रपा नेपालको माग

फागुन ८, २०७८

NTC
Premier Steels

राप्रपा नेपालले अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न माग गरेको छ । 

Muktinath Bank

अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न सरकार तथा सबै राजनीतिक दलसँग आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्रपा नेपालले एमसीसी अनावश्यक विवादको बन्धक भएको पनि भनेको छ । 


Advertisment
Nabil box
Kumari

‘विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रुपले बढ्दै गएको छ, नेपाल वाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखिंदै छ,’ राप्रपा नेपालले निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘यसको ज्वलन्त उदाहरण एमसीसी सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र अदूरदर्शिताको परिणाम स्वरुप एमसीसी अनावश्यक विवादको बन्धक भएको छ ।’

Vianet communication

एमसीसी सम्बन्धमा आमनेपाली जनतामा गम्भीर आशंका बढाएको भन्दै राप्रपा नेपालले एमसीसीबारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्ने पनि जनाएको छ । 

यस्तै बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ । घोषणापत्रमा सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ‘सम्वद्र्धनवाद’ पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ ।

यस्ता छन् पहिलो केन्द्रीय कार्य समितिको बैठकका निर्णयहरू:

१) बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ ।
२) बैठकले पारित गरेको घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भू-राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाएको छ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा राष्ट्रनिर्माताको दिव्य उपदेशलाई राप्रपा नेपालले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको छ । साथै,  समावेशी प्रजातन्त्र पार्टीको अपरिहार्य आधार हुने घोषणापत्रमा उल्लेख छ । 
३) बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ ।
४) बैठकले राष्ट्रको एकिकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दुराष्ट्र मुख्य कार्यनीति हुने निर्णय गरेको छ ।
५) बैठकले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गरेको छ ।
६) विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिंदै छ । यसको ज्वलन्त उदाहरण एम.सी.सी. सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदूरदर्शिताको परिणाम स्वरुप अमेरिकी अनुदान सहायता (एम.सी.सी.) अनावश्यक विवादको बन्धक भएको छ । फलतः एम.सी.सी. सम्बन्धमा आम नेपाली जनतामा गम्भिर आशंका बढाएको छ । साथै, एम.सी.सी. बारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्छ । त्यसर्थ, नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एम.सी.सी. कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरुसँग राप्रपा नेपाल आग्रह गर्दछ ।
७) छोटो समयमा पटक-पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राप्रपा नेपाल घोर भत्र्सना गर्दछ । साथै सर्वसाधारण जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि जोडदार माग गर्दछ ।
८). स्थानीय निकायको निर्वाचनको तयारीको लागि  देहाय बमोजिम स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन भएको छ ।
 
१. श्री सुशील कुमार श्रेष्ठ- संयोजक
२. श्री तेजकुमार कुरुम्वाङ्ग, पाँचथर-  सदस्य
३. श्री हरिकृष्ण श्रेष्ठ, सुनसरी-  सदस्य
४. श्री राम नरेश यादव, धनुषा-  सदस्य
५. श्री रामसुन्दर विष्ट, भक्तपुर-  सदस्य
६. श्री राजकुमार खड्का, काठमाडौं-  सदस्य
७. श्री खेमराज गौतम, बाँके-  सदस्य
८. श्री ईर्साद आलम, रुपन्देही-  सदस्य
९. श्री ईश्वर श्रेष्ठ, सुर्खेत-  सदस्य
१०.श्री ललित जोशी, कैलाली-  सदस्य
११. श्री सुशीला गिरी, काठमाडौं-  सदस्य
१२. श्री शिवकुमार बाँस्तोला, कास्की-  सदस्य
१३. श्री श्यामबहादुर खत्री, काठमाडौं-  सदस्य
१४. श्री सुजन अधिकारी, नुवाकोट-  सदस्य
१५. श्री दिनेशचन्द्र गुप्ता, कपिलवस्तु- सदस्य
१६. श्री चेतनाथ थापा, झापा- सदस्य
१७. श्री राजु नापित, भक्तपुर- सदस्य
१८. श्री दूर्योधन निरौला, सुनसरी- सदस्य
१५. श्री उज्वल पोखरेल, गोरखा-सदस्य सचिव
 

९) देहाय अनुसार स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन भएको छ ।
१. सुरेश आचार्य,  संयोजक
२. माधव खत्री, भक्तपुर-  सदस्य 
३. ममता राई, झापा-  सदस्य
४. होमभक्त कुुरुम्वाङ, तेह्रथुम-  सदस्य
५. रमेश राज पन्त, नवलपरासी-  सदस्य
६. शशिरंजन यादव, महोत्तरी-  सदस्य
७. रामचन्द्र बाँनिया, झापा-  सदस्य

सल्लाहकार
डा. विष्णु भण्डारी -तनहुँ
डा. अरुण कुमार सिंह -धनुषा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x