×

NMB BANK
NIC ASIA

राजनीतिमा ट्वीस्ट

गठबन्धन जोगाउने शर्तमा एमसीसीमा माओवादीको मध्यमार्गी प्रस्ताव, प्रधानमन्त्रीकाे ‘ग्रीन सिग्नल’

फागुन १३, २०७८

NTC
Premier Steels

संकटको डिलमा पुगेको सत्तारूढ गठबन्धनमा नयाँ राजनीतिक परिस्थिति तयार भएको छ ।

Muktinath Bank

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी अनुमोदन हुन दिने र गठबन्धन पनि जोगाउन सहमत भएपछि गठबन्धन कायम रहने देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउने शर्तमा संसद बैठक बहिस्कार गरेर एमसीसी अनुमोदन हुन दिने रणनीति बनाएको छ ।


Advertisment
Nabil box
Kumari

बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय भएको  छ । एमसीसी र गठबन्धनबारे पार्टीको पछिल्लो पोजिसन प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । प्रधानमन्त्रीले ग्रीन सिग्नल दिनुभएको छ ।’

Vianet communication

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारबाट बाहिरिने कि एमसीसी अनुमोदन हुन दिएर सरकार जोगाउने विषयमा सल्लाह मागेका थिए । 

बैठकमा सहभागी मन्त्रीहरुले बरू बैठकमा सहभागी नभएर पनि गठबन्धन जोगाउनेबारे पहल गर्न पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए ।

मन्त्रीहरुले दिएको सुझावमा अरू नेताहरुले सहमति जनाएपछि प्रचण्डले पार्टीको पोजिसनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले आजै छलफलका लागि बालुवाटार बोलाएका छन् । प्रचण्डको सचिवालयका अनुसार आज साँझसम्ममा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको बालुवाटारमा संवाद हुनेछ । 

कांग्रेस र एमालेको नयाँ समीकरण बन्न सक्ने अवस्थालाई मध्यनजर गरेर एमसीसी अनुमोदन हुँदा माओवादी र एकीकृत समाजवादीको अवरोध सिर्जना नगर्ने भएका हुन् ।

संसद बैठकमा एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा दुई पार्टीले बैठक बहिस्कार गर्ने र कांग्रेस तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मात्रै एमसीसी अनुमोदन गर्न दिने गरी विकल्प तयार गरिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

‘एमसीसीमा पार्टीको अडान राख्दै मध्यविन्दू खोज्ने बारे छलफल भएको छ । त्यसको लागि गृहकार्य पनि भइरहेको छ’, बैठकमा सहभागी माओवादी केन्द्रका अर्का नेताले लोकान्तरसँग भने, ‘गठबन्धन तोड्दा ओली (एमाले अध्यक्ष केपी ओली) हावी हुन्छन् । एमाले हावी हुँदा कांग्रेसलाई पनि फाइदा हुँदैन् । यसमा प्रधानमन्त्री सहमत छन् । गठबन्धन तोड्न हुन्न भन्नेमा प्रधानमन्त्रीलाई बुझाउँछौं ।’ 

संसद् बैठक बस्नका लागि एक चौथाइ सांसद अर्थात् ६८ जनाको उपस्थिति अनिवार्य हुन्छ । अहिले संसदमा २७१ जना सांसद छन् । 

कांग्रेसका ६३ सांसदमध्ये दुई जना उपचारका लागि भारतमा छन् भने दुई जना निलम्बित छन् । यसरी कांग्रेसको ५९ र लोकतान्त्रिक समाजवादी पार्टीको १३ जना गरेर ७२ जनाको उपस्थिति हुने हुँदा संसद् बैठक चल्न सक्छ । 

नेकपा एमालेले संसद् अवरोध गरिरहेको छ । एमालेले संसद् अवरोधका लागि वेलमा नारा लगाइरहेको अवस्थामा ध्वनि मत प्रक्रियाबाट एमसीसी अनुमोदन हुँदा एमालेको मत गणना हुँदैन ।

माओवादी र एकीकृत समाजवादीले बैठक बहिस्कार गर्दा कांग्रेस र लोसपाका सांसदले मात्रै एमसीसी अनुमोदन गराउन सक्छन् । 

गठबन्धन जोगाउने शर्तमा अन्तिम समयमा माओवादी केन्द्र बैठक बहिस्कार गर्न तयार भएको माओवादी नेताले बताएका छन् ।

माओवादी केन्द्रले एमालेलाई शक्तिमा आउन नदिन एमसीसी अनुमोदन भए पनि गठबन्धन नछोड्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

पार्टीको पछिल्लो पोजिसन बनाउनको लागि एकीकृत समाजवादी पनि बैठकमा जुटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x