×

NMB BANK
NIC ASIA

सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

फागुन १९, २०७८

NTC
Premier Steels

सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । 

Muktinath Bank

    सुपारी खेतीमा विद्यावारिधि गरेका डा शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ तिवारी प्रकाशक रहेको सो पुस्तकको लोकार्पण समारोहमा कृतिको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूर्ण वर्णन गरिएको समीक्षक ढुङ्गानाले बताए ।

Vianet communication

    नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठले कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, कृषि ज्ञान केन्दका विज्ञ शालिकराम भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रविन निरौलालगायतले कृतिमा अधारित भएर मन्तव्य व्यक्त गरेका थिए । 

    यसैगरी प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको दोस्रो साहित्यिक कृति ‘भुइँफूल’ को मङ्गलबार विमोचन गरिएको छ । भद्रपुर नगरपालिका–२ स्थित किचकबध पर्यटकीयस्थलमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले कृतिको विमोचन गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x