×

NMB BANK
NIC ASIA

धर्मप्रतिको आस्था घट्दै गएकाले अमानवीय क्रियाकलाप बढ्यो- कमल थापा

फागुन २४, २०७८

NTC
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । 

Muktinath Bank

अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफू स्थानीय विकासमन्त्री भएका बेला स्थानीय तहका हरेक वडामा एक महिला सदस्य अनिवार्य गराएको स्मरण पनि गरे । 


Advertisment
Nabil box
Kumari

धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय क्रियाकलापले प्रश्रय पाएको उनको भनाइ छ । 

Vianet communication

अध्यक्ष थापाले वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र कायम गराउनुपर्ने बताए । 

राप्रपा नेपालका विभिन्न भातृ संगठनहरू घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको छ । 

समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् । 

कार्यक्रमा राप्रपा नेपालका उपाध्यक्षद्वय जयकुमार खड्का, उद्धव पौडेल, सहमहामन्त्री ममता राई, केन्द्रीय सदस्य मीरा महर्जन, राप्रविसं नेपालका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्दकुमार रिसाललगायतले धारणा राखेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x