×

NMB BANK
NIC ASIA

भक्तपुर हत्या प्रकरण : सँगै रक्सी सेवन, एक जनासँग मात्र सम्बन्ध राख्न मानेपछि हत्या !

फागुन २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुरमा घाँटी रेटेको अवस्थामा भेटिएकी महिलाको हत्या यौनजन्य गतिविधि र मादक पदार्थ सेवनका कारणले भएको खुलेको छ । 

Muktinath Bank

सोमवार बेलुका साढे १० बजे भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ बागरेमा रहेको तरकारी बारीमा एक महिलाको शव घाँटी रेटेको अवस्थामा फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारी बारीमा टिनको टहरा बनाएर बसोबास गर्दै आएकी ती महिलाको हत्या कसले गर्‍यो भन्ने पत्ता लगाउन प्रहरीलाई शुरूमा हम्मेहम्मे परेको थियो ।


Advertisment
Nabil box
Kumari

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले २ दिनपछि घटनास्थलमा फेला परेका प्रमाण, ती महिलाको मोबाइलको कल डिटेल लगायतका प्राविधिक अनुसन्धानपछि २ जनालाई पक्राउ गर्‍यो । 

Vianet communication
Laxmi Bank

बुधवार बेलुका भक्तपुरबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका २ भकुण्डेबेसी स्थायी घर भई भक्तपुर नगरपालिका १० थलाछे बस्ने ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका ४ चौबास स्थायी घर भई भक्तपुर नगरपालिका ८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बताए ।

उनीहरूलाई पक्राउ गरेपछि हत्या भएकी महिला नमोबुद्ध नगरपालिका– ९ नवलडाँडा घर भएर भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिसा नगरकोटी भएको खुलेको प्रवक्ता पाण्डेले बताए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले २३ गते बेलुका टिनको टहरामा बसेर सँगै मादक पदार्थ सेवन गरेको खुलेको छ । 

जेनिसा, नवराज र कुमारले भक्तपुरमा ज्यामी काम गर्दै आएका थिए । सामान्य चिनजान भएका उनीहरू त्यो दिन कामबाट फर्केपछि मादक पदार्थ सेवन गरेर टहरामा पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

मादक पदार्थ सेवनपछि नवराज र जेनिसाले शारीरिक सम्बन्ध राखेका थिए ।

त्यसलगत्तै आफूले प्रस्ताव राख्दा जेनिसाले नमानेपछि चक्कुले घाँटी रेटेर हत्या गरको बयान कुमारले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरलाई बताए । 

‘मादक पदार्थ सेवन गरेर शारीरिक सम्बन्धका लागि प्रस्ताव राख्दा नमानेपछि हत्या गरेको प्रारम्भिक बयानमा कुमारले बताएका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘त्यसपछि उनीहरू त्यहाँबाट फरार भएका रहेछन् ।’

प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको चक्कु फेला पारेको थियो । घटनास्थलबाट केही तल पोखरीमा जेनिसाको मोबाइल फेला पारेको प्रवक्ता राजु पाण्डेले बताए । 

कुमार यसअघि लागूऔषध र चोरी मुद्दामा १० वर्ष जेल परेर छुटेका व्यक्ति हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

के भयो त्यो बेलुका ?

दिउँसोमा ज्यामी काम गर्ने कुमार लामा र नवराज रिजालले त्यो दिन बिजुलीको तार चोर्ने योजना बनाएका रहेछन् । 

चाँगुनारायणस्थित तरकारी बारीमा रहेको टिनको टहरामा नवराज पहिल्यै पराल ओछ्याएर बसेका थिए । 

कामबाट फर्किँदै गर्दा जेनिसाले बाटोमा कुमारलाई देखेपछि मादक पदार्थ (छ्याङ) खुवाउन अनुरोध गरेको र नजिकैको पसलमा गएर कुमारले लोकल रक्सी र उनले छ्याङ खाएको खुलेको अनुसन्धानमा खटिएका अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए । 

‘कुमारलाई बाटोमा देखेर छ्याङ खुवाऊ भनेको र सँगै टहरामा गएको कुरा कुमारले बयानमा बताएको छ,’ ती अधिकृतले लोकान्तरसँग भने । 

मादकपदार्थ खाएर उनीहरू सल्लाहमै सँगै टहरामा गएका थिए ।

त्यहाँ रहेका नवराजले पहिलोपटक शारीरिक सम्बन्ध राखेको र पछि आफूले प्रस्ताव राख्दा नमानेपछि हत्या गरेको कुमारले प्रहरीलाई बताएका छन् ।

हत्या गरेपछि उनीहरू परालले छोपेर त्यहाँबाट फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x