×

NMB BANK
NIC ASIA

विकास खर्च मासिक साढे २ प्रतिशत मात्रै, बाँकी ४ महिनामा खर्च होला त ८० प्रतिशत ?

चैत १, २०७८

NTC
Premier Steels

चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत सरकारले विकास निर्माणमा गरेको पुँजीगत खर्च जम्मा २० प्रतिशत मात्रै छ । 

Muktinath Bank

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले हरेक महिना १० प्रतिशतका दरले खर्च गर्ने बताएको थियो । तर, पनि व्यवहारिक रूपमा परिणाम भने मासिक औसतमा साढे २ प्रतिशत मात्रै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांकमा विकास खर्च जम्मा ७७ अर्ब १४ करोड ६८ लाख रूपैयाँ छ । यस्तो खर्च चालु आवभित्रमा सरकारले ३ खर्ब ७८ अर्ब रूपैयाँ गर्ने लक्ष्य लिएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले हालसम्म चालू आवको लक्ष्यको २० प्रतिशत मात्रै विकास खर्च गरेकोले अबको ४ महिनामा नै ८० प्रतिशत रकम खर्चनुपर्ने चुनौती देखिएको छ । यस्तो खर्च मासिक औसतमा २० प्रतिशत हुनुपर्ने छ । 

Vianet communication

महालेखाको तथ्यांकअनुसार सरकारले यो अवधिसम्ममा गरेको कुल खर्च भने ४१ प्रतिशत पुगेको छ । चालु खर्च बढेका कारण समग्रमा खर्च ६ खर्ब ७५ अर्ब रूपैयाँ भएको देखिएको छ । 

योमध्ये सबैभन्दा बढी ५ खर्ब ३८ अर्ब रूपैयाँ कर्मचारीको तलब भत्तासहितमा भएको खर्च हो । सरकारले यो अवधिमा वित्तीय व्यवस्थापन १ खर्ब ८९ अर्ब रूपैयाँ गर्ने लक्ष्य राखेको भए पनि अहिलेसम्म जम्मा ३१.५२ प्रतिशत मात्रै गर्न सफल भएको  छ । 

अहिलेसम्ममा सरकारको राजस्व संकलनको लक्ष्य भने ५८ प्रतिशत पुगेको छ । सरकारले हालसम्ममा ६ खर्ब ८४ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । चालु आवमा ११ खर्ब ८० अर्ब संकलन गर्ने सरकारी लक्ष्य छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x