×

NMB BANK
NIC ASIA

प्रदेश १ः ६ महिनामा झण्डै १० घण्टा बैठक, नामकरण नभई अन्त्य भयो हिउँदे अधिवेशन

चैत १३, २०७८

NTC
Premier Steels

गत कात्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ लिएका राजेन्द्रकुमार राईले सञ्चारकर्मीहरूसँग भनेका थिए– चालु अधिवेशनबाटै प्रदेशले नाम पाउँछ । तर, आइतवार भने उनले एकाएक हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरे । 

Muktinath Bank

आइतवार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेर प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइएको थियो । सो पत्रका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले हिउँदे अधिवेशन अन्त्य भएको पत्र संसद् सचिवालयमा पठाएका थिए ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ ३ गते प्रदेश २ ले प्रदेशको नाम पायो– मधेश प्रदेश । त्यसपछि दबाबमा परेका मुख्यमन्त्री राईले नामकरणको विषयमा सर्वदलीय छलफल राखेका थिए । तर, छलफलमा सहमति नभएपछि नामकरणको विषयमा राई नेतृत्वको सरकार प्रवेश गरेन । 


Advertisment
Nabil box
Kumari

नामकरणका विषयमा छलफल चलाउन मुख्यमन्त्री राईले स्वास्थ्यमन्त्री जयराम यादवलाई जिम्मासमेत दिएका थिए । मन्त्री यादवले जिम्मा पाए पनि खासै चासो भने दिएनन् ।  

Vianet communication

२०७८ असोज २२ गतेबाट शुरू भएको अधिवेशनमा जम्मा १२ वटा बैठक बसेका छन् । ६ महिनाको यो अवधिमा ९ घण्टा ४२ मिनेट बैठक बसेर अन्त्य भएको हो । 

यो अवधिसम्म पनि प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक छलफलकै क्रममा छ ।  भीमप्रसाद आचार्य नेतृत्वको सरकारले ल्याएको आर्थिक कार्यविधिसम्बन्धी विधेयक भने ११ औँ बैठकबाट पारित गरिएको थियो । 

उपसभामुख सरस्वती पोख्रेलका अनुसार बैठकमा ३१ सांसदले शून्य समयमा बोलेका छन् भने विशेष समय लिएर ५ जना सांसदले बोलेका थिए । यस्तै २ जना मन्त्रीले उठेका प्रश्नको जवाफ दिएका थिए । शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले प्रदेशको नाम नभएका कारण गाउँ जान अप्ठ्यारो भएको बताएका थिए । 

प्रमुख प्रतिक्षी दलले भने हिउँदे अधिवेशन अन्त्य गर्नु सरकारको असक्षमता भएको आरोप लगाएको छ । 

प्रदेश १ नेकपा एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्नो स्वार्थ पूरा गर्न बनेको जोडजाडे सरकारले जनताको समस्या उठाउने थलो बन्द गरेको समेत आरोप लगाए । वर्तमान सरकारले पनि प्रदेशको नाम राख्न नसक्ने उनको दाबी छ । 

उनले सांसदलाई बिजनेस दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्नका लागि अधिवेशन अन्त्य गरेको गुनासो गरे । ‘प्रदेशको नामका बारेमा सरकारले संसदमा छलफल गरेन,’ उनले भने, ‘सरकारको नियत के हो भन्ने यहीँबाट प्रस्ट खुलेको छ ।’

स्थानीय तहका चुनाव लगत्तै एमालेले अग्रसरता देखाएर नाम राख्ने उनको भनाइ छ । 

सरकारका मन्त्रीहरूले भने राष्ट्रिय राजनीतिमा परेको प्रभावका कारण नामकरण गर्न ढिलाइ भएको बताउँछन् । 

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राष्ट्रिय राजनीतिमा परेको प्रभावका कारणले चालु अधिवेशनमा नाम राख्न नसकिएको बताए । 

‘एमसीसीका कारण सरकार नै रहन्छ/रहँदैन भन्ने अवस्थामा आएकाले केही समय ढिलो भयो,’ उनले भने, ‘अहिले स्थानीय तहको चुनावको चटारोका कारण माननीयज्यूहरू समेत गाउँमै व्यस्त हुनुहुन्छ ।’ 

अधिवेशन अन्त्य भए पनि नामकरण गर्ने विषयमा पर्याप्त छलफल गरेर आउँदो अधिवेशनबाट नामको टुंगो लगाउने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x