×

NMB BANK
NIC ASIA

बजेट छलफल

सरकारको क्षमताबाहिर जान लागेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन नयाँ बजेटमा विज्ञका यस्ता सुझाव

चैत १४, २०७८

NTC
Premier Steels

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि धमाधम छलफल भइरहेको छ । 

Muktinath Bank

अर्थ मन्त्रालयले एक सातादेखि शुरू गरेको छलफलमा बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी, पूर्वाधार निर्माण, शिक्षासहित निजी प्रतिनिधिमूलक क्षेत्रहरूको सहभागिता छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफल भएका निकाय र निजी क्षेत्रका उद्योगी व्यवसायीको संस्थालाई १५ चैतभित्र औपचारिक रूपमा बजेट सुझाव दिन आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त सुझावलाई लिखित रुपमा पेश गर्न पनि आग्रह गरिएको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । 

Vianet communication

निरौलाले भने, ‘व्यावसायिक संस्थाहरूसँग अर्थव्यवस्थाको सुधार, आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषय, तरलता अभावले अर्थव्यवस्था परिरहेको दबाब कम गर्न अपनाउनुपर्ने सहितको विषयमा सुझाव मागिएको छ ।’ 

अहिले भइरहेको छलफलबाट अर्थमन्त्रीको आशय पनि अर्थतन्त्र संकुचनमा नजाओस् र आगामी वर्षको बजेटले सुधार गरेर जान सक्ने विषयमा जोड दिन बढी केन्द्रित हुने गरी सुझाव दिन पनि आग्रह गरेको निरौलाको भनाइ छ । 

अर्थ मन्त्रालयले निजी क्षेत्रदेखि सर्वसाधारणसम्मलाई चैत मसान्तभित्र आवश्यक सुझाव पेश गर्न आग्रह गरेको छ । छलफल भएका निकायसँग चाँडो सुझाव मागिएको विषयलाई कम्पाइल गर्दै थप सुझाव राख्दै जान सहज होस् भनेर निजी क्षेत्रका संस्थाहरूलाई १५ चैतसम्मको समय दिइएको छ । 

त्यो भन्दा ढिलो गरेर आएका सुझाव पनि चैत मसान्तसम्मकालाई पनि उपयुक्त ढंगबाट समावेश गरिने निरौलाले बताए ।

अर्थ मन्त्रालयले बिहीवार निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसँग पूर्व बजेट छलफल गरिसकेको छ । 

यस्तो बजेट छलफलबाट अर्थमन्त्रीले लगानी बढाउने, उत्पादन वृद्धि गर्ने, लगानीको समस्या देखिएको विषयमा सुधार गर्दै पुँजी निर्माण गरेर लगानी विस्तारमा जोड दिने गरी सुझाव पेश गर्न आग्रह गरेको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ । 

परिसंघका अनुसार सोही विषयमा केन्द्रित भएर बजेटका लागि आवश्यक सुझाव दिने तयारी भइरहेको छ । मन्त्रालयले मागेकै समयभित्र आवश्यक सुझाव दिन परिसंघले मातहतका निकायसहितबाट गृहकार्य गराइरहेको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यो पटकको बजेटले अर्थतन्त्रको लागि दिगो नीति बनाउनेमा जोड दिने बताए । 

यस्तो नीति कार्यान्वयनमा जाने सुनिश्चित आधार हुने गरी बजेट ल्याउनुपर्ने सुझाव दिएको छ । यो सुझावसँगै नेपालले आयात कम गर्ने, नेपालमै उत्पादकत्व बढाउने र कृषि उत्पादनलाई जोड दिने गरी बजेट आउनुपर्ने लिखित सुझाव नै दिने गरी तयारी भएको चेम्बरका अध्यक्ष मल्लले बताए । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिअनुसार नै बजेट आउने र त्यसलाई कार्यान्वयन गरेर जान सक्ने आधार देखिनुपर्ने सुझाव दिएका छन् । 

गोल्छाले अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिर जान खोजेको भन्दै अहिलेदेखि नै नीति नियम बनाएर नियन्त्रण गर्नुपर्ने बताए ।

गोल्छाका अनुसार अर्थतन्त्रमा समस्या चर्कंदै जाँदा नीति क्षेत्रको मनोबल पनि कमजोर हुँदै गएको छ । अर्थतन्त्र पनि संकुचित हुँदै गएको अवस्थामा बजेटले लिएका लक्ष्य र नीतिले सुधार हुन सक्ने गरी जाने हुनुपर्ने उनी बताउँछन् । 

उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट आउनुपर्नेमा जोड दिए । अग्रवालले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेकोले बजेट यो क्षेत्रको लागि पनि गतिशील हुने गरी आउनुपर्ने बताए ।

आगामी बजेट तरलता अभाव कम गर्ने, पुँजी निर्माणमा जोड दिने गरी आउनुपर्ने बैंकर्स संघले सुझाव दिएको छ । साथै  अर्थतन्त्रको सुधारका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको संघले जनाएको छ । सरकारको वित्तीय क्षेत्रको सुधार गर्न स्पष्ट नीति ल्याउनुपर्ने गरी बजेट ल्याउन सुझाव दिइएको छ । 

अर्थ मन्त्रालयलाई उपयुक्त सुझाव दिने गरी संसदको अर्थ समितिले पनि आइतवारदेखि लगातार बजेट सुझावसम्बन्धी छलफल शुरू गरेको छ । 

अर्थ समितिले आइतवार बैंकर्स एशोसिएसन अफ नेपाल र लगानी बोर्डसँग बजेट सुझावका लागि छलफल गरेको छ । सोमवार यस्तो छलफल योजना आयोग र अर्थ मन्त्रालयसँग पनि छलफल गरिरहेको छ । 

वर्तमान आर्थिक अवस्था र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयमा मंगलवार नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, अर्थ मन्त्रालयसहितको संयुक्त हुँदैछ । 

यस्तो छलफलबाट अर्थविद्, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा अग्रणी व्यक्ति तथा विदेशी वरिष्ठ अर्थविद्सहितको बजेट सुझाव सरकारलाई दिइने छ ।

आगामी चैत मसान्तसम्म आएका बजेट सुझावलाई वैशाख लागेपछि बजेट लेखन समितिले आवश्यक विषय समावेश गर्नेछ । 

अर्थ मन्त्रालयले २९ फागुनमै राजस्व व्यवस्थापन महाशाखाका सहसचिव भूपाल बरालको संयोजकत्वमा ५ सदस्यीय बजेट लेखन समिति गठन गरिसकेको छ । 

उक्त समिति सदस्यहरूमा अर्थ मन्त्रालयकै ४ सहसचिव छन् । समितिमा बजेट तथा कार्यक्रम महाशाखाका चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखाका महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखाका बाबुराम सुवेदी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x