×

NMB BANK
NIC ASIA

वाङ यीको नेपाल भ्रमण

नेपालमा एमसीसीको तरंग र राजनीतिक नेतृत्वको मन बुझेर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

चैत १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तीन दिनका लागि नेपाल भ्रमणमा आएका चीनको राज्य परिषदका सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको मन बुझेर फर्किएका छन् ।  

Muktinath Bank

नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं ओर्लिएका वाङले राष्ट्रपति, प्रधानमन्त्री र दुई वटा कम्युनिष्ट पार्टीका नेताहरूसँग भेटवार्ता गरे । त्यसअघि वाङ नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री डा. खड्का नेतृत्वको टोलीबीचको द्विपक्षीय बैठकबाट नेपाल–चीन सहकार्यको लागि ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व शक्ति राष्ट्र बनिरहेको छिमेकी देश चीनको विदेशमन्त्री नेपाल आउँदा सरकारले भने व्यवस्थित तयारी गरेको देखिएन । गठबन्धन सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई सामान्य शिष्टाचारमा सीमित राख्यो । 


Advertisment
Nabil box
Kumari

एमसीसीले झस्किएको चीन र सन्तुलित सम्बन्धको प्रयास

Vianet communication
Laxmi Bank

नेपालमा अमेरिकी सहयोग एमसीसी अनुमोदन भएपछि नेपालको मन बुझ्न चिनियाँ विदेशमन्त्री काठमाडौं ओर्लिएका थिए । नेपालमा एमसीसी अनुमोदनको विषयलाई लिएर नेपालका मित्र राष्ट्रहरू अमेरिका र चीनको टकराव देखिएको थियो । 

अमेरिकाले एमसीसी जसरी पनि अनुमोदन गर्न दबाब दिएको थियो भने चिनियाँ अधिकारीहरूले अमेरिकाले नेपालमा दबाबमूलक कूटनीति शुरू गरेको भनेर टिप्पणी गरेका थिए । एमसीसी अनुमोदन भएपछि चीनले ‘नोट गरेको’ भन्ने प्रतिक्रिया व्यक्त गरेको थियो । एमसीसी अनुमोदनपछि पनि चीनले नरम रुपमा असन्तुष्टि नै व्यक्त गरेको थियो । 

चीन नेपाल र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने कुरा वाङ यी नेपाल आउन भारतको बाटो प्रयोग गर्नुले पनि पुष्टि गर्छ ।

नेपालका परराष्ट्रमन्त्री डा. खड्कासँग भएको भेटमा वाङ यीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई अवमूल्यन गर्ने जुनसुकै गतिविधिलाई चीनले विरोध गर्ने बताएको चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीन र दक्षिण एसियाबीचको सम्बन्ध प्रवद्र्धन गर्नको लागि नेपाल उर्वरभूमि भएको पनि वाङले परराष्ट्रमन्त्री खड्कालाई बताएका थिए । यसको अर्थ चीन नेपालको माध्यम भएर दक्षिण एसियामा सम्बन्ध विस्तार गर्न चाहन्छ । तर, नेपालमा एमसीसी लिएर अमेरिकाको उपस्थिति भएपछि भने चीन झस्किएको विश्लेषक डा. युवराज संग्रौला बताउँछन् ।

चीनले पछिल्लो दुई वर्षमा दक्षिण एसियाका देशमा कूटनीतिक कमजोरी भएको स्वीकारेर वाङ दक्षिण एसियाका देशमा सम्बन्ध सुधारमा निस्किएको संग्रौला बताउँछन् । अर्कोतर्फ चीन नेपाल र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने कुरा उनी नेपाल आउन भारतको बाटो प्रयोग गर्नुले पनि पुष्टि गर्छ ।

नेपाल आइपुग्नुअघि वाङ पाकिस्तान र भारत गएका थिए । त्यसअघि उनी अफगानिस्तान, भुटान र बंगलादेश पनि पुगे । दक्षिण एसियाका सबैजसो देशमा प्राथमिकताका साथ चिनियाँ विदेशमन्त्रीको उपस्थिति रह्यो ।  

विश्लेषक संग्रौला भन्छन्, ‘चिनियाँ विदेशमन्त्री वाङ यीको जहाज सीधै नेपाल आएको भए पनि हुन्थ्यो । तर, उनी भारत गएर, त्यहाँ बसेर, भारतका नेताहरूसँग कुरा गरेर मात्रै नेपाल आए । यसले चीन भारतसँगसँगै नेपालसँग पनि सम्बन्ध राख्न चाहन्छ भन्ने मनोविज्ञान बनाइरहेको छ ।’

दक्षिण एसियाली देशमा विगत दुई वर्ष यता चीन निस्क्रिय जस्तै बस्यो । आफ्नो निस्क्रियताले गर्दा दक्षिण एसियामा पश्चिमा देशको प्रभाव बढेको र अब निस्क्रिय बस्न नहुने रहेछ भन्ने पाठ चीनले सिकेको संग्रौला बताउँछन् । सोहीअनुसार नीतिगत परिवर्तन गरेर विदेशमन्त्री वाङ यी दक्षिण एसियाको भ्रमणमा निस्किएको र सोही क्रममा नेपालमा आएको उनले बताए । 

‘दक्षिण एसियाली देशमा सक्रियता बढाउने नीतिगत परिवर्तन चीनमा आएको छ । एमसीसीले चिनियाँहरूको आँखा खोलेको हो भन्न सकिन्छ,’ संग्रौलाले भने । 

कमजोर तयारी र ९ बुँदे सहमति 

विश्व शक्तिको रुपमा उदाइरहेको देश चीनको विदेशमन्त्री नेपाल आएर तीन दिन बिताउनु नै कूटनीतिक हिसाबले असाध्यै महत्त्वपूर्ण कुरा हो । 

कूटनीतिक सम्बन्ध विस्तारमा मात्रै होइन चीनबाट नेपालले प्राप्त गर्ने सहयोगका सन्दर्भमा पनि यो भ्रमणको प्रशस्त उपयोग हुन सक्थ्यो । तर, सरकारले चिनियाँ विदेशमन्त्री नेपाल आइरहँदा प्राथमिकताका साथ तयारी गरेन । बरु यसअघि भइसकेका समझदारीलाई नै फेरि दोहोर्‍याउने अवस्था बन्यो । नेपालबाट चीनमा घाँस निर्यात गर्नेदेखि चिनियाँ स्वास्थ्यकर्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिनेसम्मका सम्झौता थपिए । 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबाट यसअघि डी–फ्रिज भइरहेको समझदारीहरू ब्यूँतिएको चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्की बताउँछन् । 

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा बनेका समझदारी डी–फ्रिज भइरहेको थियो । ती आयोजनाहरू प्राथमिकतामा थिएनन् । चिनियाँ विदेशमन्त्रीको अहिलेको भ्रमणले ती आयोजनाहरुलाई कार्यान्वयनमा लैजाने वातावरण तयार गरेको छ,’ कार्कीले भने । 

रेल्वेको सम्भाव्यता अध्ययन, अन्तरदेशीय प्रसारण लाइन, चीनसँगको नेपालको व्यापार घाटा घटाउन पहल गर्ने, सीमा नाकाहरू सुचारू बनाउने आदि कुराले नेपाललाई नै फाइदा पुग्ने भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए । 

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपाल सरकारले पर्याप्त तयारी नगरेको भन्नेमा पूर्व राजदूत कार्की पनि सहमत छन् । ‘नेपालले जति गृहकार्य गर्नुपथ्र्यो त्यो भएन । नेपालले अझै धेरै सहयोग लिन सक्थ्यो,’ कार्कीले भने । 

एमसीसीपछिको अर्थपूर्ण भ्रमण

नेपालमा आएको एमसीसीको विषयमा चीन र अमेरिका आमनेसामने भएका थिए । नेपालमा एमसीसी अनुमोदन नभए चीनको दबावमा नभएको अर्थमा बुझ्ने अमेरिकाले चेतावनी दिएको थियो । चीनले पनि अमेरिकाले नेपालमा जबर्जस्ती गरिरहेको भनेको थियो ।

तर, व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि चीनले ‘टोन डाउन’ गरेको पूर्व राजदूत कार्की बताउँछन् । ‘एमसीसी अनुमोदन गरेपछि चीन केही मत्थर भएको थियो । शर्तसहित अनुमोदन भएपछि ‘नोट गर्‍यौँ’ भनेर चीन केही नरम भएको थियो । एमसीसी अनुमोदन भएकै कारण चिनियाँ विदेशमन्त्रीको भ्रमण भएको बुझ्न सकिन्छ,’ कार्कीले भने । 

एमालेका अध्यक्ष ओलीले नेपालमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको पहल गर्न वाङलाई सुझाए भने आफ्ना सरोकारका विषय पनि स्पष्ट रूपमा राखेका थिए । 

अर्का कूटनीतिज्ञ तथा रसियाका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ पनि चिनियाँ विदेशमन्त्री नेपालको मन बुझ्न र हेर्न आएको बताउँछन् । 

‘मन, वचन र कर्मले चीन विरोधी गतिविधि हुन दिदैनौँ भन्ने नेपालबाट दोहोर्‍याउनुपर्ने थियो, प्रतिबद्ध गराउनु थियो,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एक साथ नेपालमा चीन विरोधी गतिविधि हुन दिदैनौँ भनेका छन् । एमसीसीकै कारणले गर्दा उनी नेपाल आउन चाहेका हुन् ।’ 

चीनले सार्क देशहरूलाई भाइब्रेन्ट गर्न चाहेको र त्यसो हुँदा चीनलाई पनि फाइदा हुने भएकाले पछिल्लो समय चीनले दक्षिण एसियालाई प्राथमिकतामा राखेको श्रेष्ठको भनाइ छ । 

प्रो–एक्टिभ ओली र प्रचण्ड

नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्रीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै करीब एक घण्टा संवाद गर्‍यो ।

विदेशमन्त्रीसँगको संवादमा उनीहरू खुलेर प्रस्तुत भए । एमालेका अध्यक्ष ओलीले नेपालमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको पहल गर्न वाङलाई सुझाए भने आफ्ना सरोकारका विषय पनि स्पष्ट रूपमा राखेका थिए । 

नेपालमा रोड, रेल्वे, सिँचाइ, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रसँग जोडिएका परियोजनामा चीनले गरेको सहयोगको लागि धन्यवाद दिँदै ती क्षेत्रका परियोजना चाँडो सम्पन्न गराउनेबारे ओलीले वाङ यीको ध्यानाकर्षण गराएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।

त्यसबाहेक चीनतर्फका नाका सुचारू गराउने, चीनमा अध्ययन गरिरहेका तर, कोरोना महामारीका बेला नेपाल आएका विद्यार्थीलाई चीन लगेर अध्ययन नियमित गराउनेलगायत विषयमा ओलीले चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए ।

दुई नेताले चीनसँग नजिक रहेर काम गर्न चाहेको सन्देश दिएका थिए । तर, सरकारको प्रतिनिधि मण्डल भने चिनियाँ प्रतिनिधि मण्डलसँगै खासै खुलेर प्रस्तुत हुन सकेको थिएन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्धको विषयमा खुलेर कुरा भएको थियो । माओवादी केन्द्रको अध्यक्षमा दोहोरिएकोमा प्रचण्डलाई वाङले शुभकामना दिएका थिए । प्रचण्डले पनि बीआरआई कार्यान्वयन गराउन चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएका थिए । 

वाङ यीसँग वार्ता टोलीको अप्रत्याशित मौनता  

गत शनिवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको प्रतिनिधि मण्डल र नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक भएको थियो । 

तर, उक्त बैठक यसअघि नेपाल र चीनको बीचमा हुने बैठकजस्तो उत्साहप्रद थिएन । बैठकमा नेपाली पक्षले अप्रत्याशित मौनता साँधेको बैठकमा सहभागी स्रोतले बताएको छ । 

चिनियाँ पक्षले सोधेका विषयमा नेपाली पक्षले खुलेर जवाफ दिएका थिएनन् । नेपाली पक्षको शारीरिक भावभंगी पनि कूटनीतिक रुपमा अनौठो खालको थियो ।

‘द्विपक्षीय बैठकमा पार्टीगत राजनीतिक प्रभाव देखियो । बैठकमा सहभागी नेपाली प्रतिनिधिको हाउभाउ र प्रस्तुति कूटनीतिक मर्यादाको थिएन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘चिनियाँ पक्षले सोधेका कतिपय विषयका उत्तर हो वा होइनमा सीमित भएको थियो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x