×

NMB BANK
NIC ASIA

कांग्रेसका २ महामन्त्री गगन र विश्वप्रकाश विभाजित, चुनावी गठबन्धनबारे फरक मत

चैत १४, २०७८

NTC
Premier Steels

स्थानीय तह निर्वाचनको तयारी र सत्तारूढ गठबन्धनसँग तालेमलबारे निर्णय लिन बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा २ महामन्त्रीले चुनावी गठबन्धनबारे विभाजित भएका छन् । 

Muktinath Bank

शुक्रवारबाट शुरू भएको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको १४औं महाधिवेशनपछि २ महामन्त्री राजनीतिक मुद्दाका हिसाबले पहिलोपटक विभाजित भएका हुन् ।
 
बैठकमा महामन्त्री गगन थापाले चुनावमा सत्तारूढ गठबन्धनसँग तालमेल गर्न नहुने तर्क राखेका छन् भने विश्वप्रकाश शर्माले गठबन्धन गर्नुपर्ने भनेका छन् ।


Advertisment
Nabil box
Kumari

सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले एमालेलाई हराउनको लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्नुपर्ने बताइरहँदा थापाले भने बैठकमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका हुन् ।

Vianet communication

देशभरका लाखौं नयाँ मतदातालाई अहिले रूख छाडेर अर्को चुनाव चिह्नमा मत हाल्न आग्रह गर्दा फेरि रूखमा भोट हाल्ने ग्यारेन्टी नभएकाले गठबन्धन गर्न नहुने तर्क थापाले बैठकमा पेश गरेका थिए ।

नयाँ मतदाताहरू कांग्रेसमा भोट हाल्न तयार रहेका थापाले बताए । उनले बैठकमा भनेका छन्, ‘अहिले हँसियाहथौडा र कलममा भोट हालेका मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

अर्कोतर्फ माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गर्दा सैद्धान्तिकरूपमा परिभाषित गर्न पनि नसकिने उनले बताएका थिए ।

अर्का महामन्त्री शर्माले स्थानीय तहको आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्ने धारणा बैठकमा राखेका छन् । 

कुनै ठाउँमा नेपाली कांग्रेस अघि रहेको र कतिपय ठाउँमा माओवादी केन्द्र अघि रहेकाले त्यसलाई विचार गरेर चुनावी गठबन्धन गर्नुपर्ने शर्माको भनाइ छ । 

बैठकमा शर्माले भनेका छन्, ‘मतभार हेरेर स्थानीय तहको अवस्था अनुसार तालमेल गर्नुपर्छ ।’

कांग्रेसमा चुनावी गठबन्धनबारे स्पष्ट २ धार देखिएका छन् । सभापति देउवा पक्षका नेताहरू गठबन्धन गरेर  जानुपर्ने पक्षमा छन् भने शेखर कोइराला पक्षका नेताहरू कांग्रेस एक्लै चुनावमा सहभागी हुनुपर्ने पक्षमा छन् । 

मंगलवार दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । मंगलवार बस्ने बैठकले चुनावी तालमेल गर्ने वा नगर्नेबारे निर्णय गर्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x