×

NMB BANK
NIC ASIA

चुनावी जोडघटाउ

ललितपुरमा पीडा बिर्साउने एमालेको दाउ, गठबन्धनको निर्णय पर्खँदै कांग्रेस–माओवादी

चैत १७, २०७८

NTC
Premier Steels

स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै उम्मेदवारका आकांक्षीहरूको दौडधूप र बेचैनी पनि बढेको छ । 

Muktinath Bank

राजधानी शहरभित्रै पर्ने ललितपुर महानगरपालिकाको ड्राइभिङ सिटमा पुग्न चाहने उम्मेदवार राजनीतिक जोड घटाउमा व्यस्त छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीभित्रको महानगरको मेयर बन्न सक्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बन्ने भएकाले राजनीतिक दल र नेताहरूले निकै महत्त्वका साथ जोडबल गरेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

अर्कातर्फ, ललितपुर महानगरपालिकामा जीत निकाल्न सक्दा देशभर सकारात्मक राजनीतिक प्रभाव पनि पर्ने भएकाले दलहरूले काठमाडौं महानगरलाई जत्तिकै महत्व दिने गरेका छन् । 

Vianet communication

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र ललितपुर महानगरपालिकामा मेयरका मुख्य प्रतिस्पर्धी दल हुन् । 

विगतको विरासत !

ललितपुर महानगरपालिकामा एमाले, कांग्रेस र माओवादी तीनवटै दल प्रतिस्पर्धी अवस्थामा छन् । २०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले झिनो मतान्तरले मेयरमा बाजी मारेका थिए ।

उनले एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका थिए । महर्जनले २४ हजार ६४२  मत पाएका थिए भने व्यञ्जनकारले २४ हजार ३१३ मत पाएका थिए । 

अघिल्लो निर्वाचनमा महर्जन र व्यञ्जनकारबीच जम्मा ३२९ मत मात्रै फरक परेको थियो । माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत प्राप्त गरेका थिए ।

२०४९ मा ललितपुरमा कांग्रेसले जितेको थियो भने २०५४ मा एमालेले जितेको थियो । पहिलो संविधान सभाको निर्वाचनमा भने ललितपुरको तीन वटै निर्वाचन क्षेत्र माओवादी केन्द्रले जितेको थियो । 

२०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा त्यो नतिजा उल्टियो र तीनवटै क्षेत्र कांग्रेसले जित्यो । २०७४ सालमा २ वटा क्षेत्र एमालेले र एउटा क्षेत्र माओवादी केन्द्रले जितेको थियो । २०७४ मा एमाले–माओवादीले देशव्यापीरूपमा चुनावी गठबन्धन गरेका थिए ।

कांग्रेसबाट को–को छन् आकांक्षी ? 

गत निर्वाचनमा चुनाव जितेको कांग्रेस यसपटक पनि ललितपुरमा विजयी झण्डा फहराउने अभियानमा छ ।

कांग्रेसका ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ अघिल्लो चुनावमा भन्दा सजिलोसँग यसपटक जीत हात पार्ने अवस्था रहेको दाबी गर्छन् ।

ललितपुरका मेयर रहेका चिरिबाबु महर्जनले फेरि उम्मेदवार बन्ने गरी दाबी प्रस्तुत गरेका छन् । उनले जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा लबिङ बढाइरहेका छन् । आफू पक्षका नेताहरूलाई फेरि मेयरमा दोहोरिने वातावरण बनाउन आग्रह गरिसकेका छन् ।

ललितपुरमा उपमेयर रहेकी गीता सत्यालले पनि मेयरमा दाबी गरिरहेकी छिन् । पाँच वर्ष उप–मेयरको रूपमा काम गरेको र अब पार्टीले मेयरको जिम्मेवारी सम्हाल्ने अवसर दिनुपर्ने उनको दाबी छ । 

त्यसबाहेक, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, भरतलाल न्याछ्यौले पनि मेयरको टिकट दाबी गरेको ललितपुरका कांग्रेस नेताहरू बताउँछन् ।

जित्ने बलियो सम्भावना भएकाले पनि कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्न गाह्रो परेको बुझ्न सकिन्छ ।

उम्मेदवार सिफारिश गर्ने बेलामा जित्ने सम्भावना भएका र लोकप्रिय उम्मेदवार छनौट गर्ने र पार्टीमा गरेको योगदानको अवमूल्यन हुन नदिने सभापति श्रेष्ठले बताए ।

कांग्रेसमा जिल्ला र प्रदेश कमिटीको सिफारिशका आधारमा केन्द्रीय समितिले मेयरको उम्मेदवार छनौटको निर्णय गर्ने प्रावधान छ ।

पीडा बिर्साउने एमाले रणनीति

अघिल्लो चुनावमा एमालेले जम्मा ३२९ मतान्तरले ललितपुरको मेयर गुमाएको थियो ।

यसपटक एमाले त्यो पीडा बिर्साउने नीतिका साथ चुनावी अभियानमा होमिएको छ । तर सत्तारुढ दलहरू गठबन्धन बनाएर चुनावमा गएको खण्डमा एमालेका लागि अघिल्लोपटक भन्दा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने चुनौती पनि छ ।

आगामी निर्वाचनमा एमालेमा हरिकृष्ण ब्यञ्जनकार नै टिकटका मुख्य दाबेदार छन् । अघिल्लो चुनावमा सानो अन्तरमा पराजित हुनु परेको पीडा बिर्साउन आफूले टिकट पाउनुपर्ने दाबी ब्यञ्जनकारको छ ।

ललितपुर एमालेमा पनि ब्यञ्जनकारलाई टिकट दिनुपर्ने आवाज उठिरहेको ललितपुर एमालेका नेताहरू बताउँछन् ।

त्यसबाहेक, ललितपुरको मेयरमा ज्ञानेन्द्र शाक्य, प्रेमलाल महर्जन लगायतले टिकट दाबी गरेका छन् ।

एमालेले अघिल्लो चुनावमा महशुस गरेको कमजोरी यसपटक सच्याएर चुनाव जित्ने गरी तयारी गरिरहेको एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।

माओवादीलाई गठबन्धनको आश 

महानगरमध्ये भरतपुर र ललितपुर माओवादीको थोरै भएपनि प्रभाव भएको क्षेत्र हो । माओवादीकी प्रभावशाली नेत्री पम्फा भुसालको निर्वाचन क्षेत्र पनि ललितपुर नै हो ।

हाल ऊर्जा मन्त्री रहेकी भुसालले आफ्नो क्षेत्रमा सशक्त उपस्थिति जनाइरहेकी छिन् । उनको क्षेत्र ललितपुर महानगरभित्र पनि पर्छ ।

माओवादी केन्द्रले चितवन महानगरपालिका कांग्रेसलाई छाड्नु परेको खण्डमा ललितपुर माओवादी केन्द्रले लिने आन्तरिक रणनीति बनाएको बुझिएको छ ।

माओवादी केन्द्रबाट यसअघिको चुनावमा मेयरमा पराजित भएका दिनेश महर्जनले नै टिकटमा दाबी गरिरहेका छन् । त्यसबाहेक, राजकाजी महर्जन र सरोज महर्जनले पनि मेयरको टिकट पाउनुपर्ने भन्दै माओवादी नेतृत्वसँग प्रस्ताव राखेको ललितपुरका माओवादी नेताहरू बताउँछन् ।

ललितपुरमा माओवादी नेतृ पम्फा भुसालले चाहेको व्यक्तिले नै मेयरको टिकट पाउने अवस्था रहेको माओवादीका जिल्ला नेताहरूले बताए ।

ललितपुर माओवादीमा भने अर्को एउटा चर्चा पनि छ, त्यो हो– चितवन महानगरपालिका कांग्रेसलाई छाड्नुपर्ने अवस्थामा ललितपुर माओवादी केन्द्रले पाउनुपर्छ । त्यसो हुँदा माओवादी केन्द्रले मेयर र कांग्रेसलाई उपमेयर दिएर गठबन्धन गर्न सकिने माओवादी नेताहरूको मत छ ।

तर, कांग्रेसले भने जितेको महानगरपालिका भएकाले छाड्न नसकिने बताउँदै आएको छ ।

कांग्रेसका जिल्ला सभापति श्रेष्ठ भन्छन्, ‘जितेको महानगर छाड्ने कुरै हुँदैन, हामी छाड्दैनौँ ।’

तर, गठबन्धनमा गरेको निर्णय मान्न आफूहरू बाध्य हुने भए पनि पार्टी केन्द्रलाई ललितपुर कुनै हालतमा नछाड्न दबाब दिने उनले बताए । 

‘एक्लै प्रतिस्पर्धा गर्दा पनि सजिलै जित्ने अवस्थामा रहेको महानगर छाड्नुहुँदैन भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो पहल ललितपुर महानगर अरू दललाई छाड्नु हुँदैन भन्ने रहन्छ, तर गठबन्धनका लागि भएको निर्णय मान्नु हाम्रो कर्तव्य पनि हुन्छ’, श्रेष्ठले भने ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने ललितपुरको मेयरमा दाबी गरेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x