कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
नेपाली सेनाले यो वर्ष १४० जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाले दुर्गम क्षेत्रका सुत्केरी महिलाको उद्धार गर्दै आएको छ ।
२०६३ सालमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाइ उद्धार सेवा सञ्चालन गरी मातृ मृत्युदरमा कमी ल्याउन कार्यक्रम सञ्चालन गरको थियो ।
पछिल्लो समयमा नेपाली सेनाले चैत १३ गते धादिङको रुबिभ्याली गाउँपालिका– ५ की १८ वर्षीय महिलाको उद्धार गरेको थियो ।
उच्च रक्तचाप तथा रक्तश्रापले मृत्युको मुख पुगेकी उनलाई सेनाको विशिष्ट उडानमार्फत काठमाडौं ल्याएर ज्यान बचाइएको थियो ।
यस्तै चैत ६ गते डोल्पाको ठूलीभेरी नगरपालिका– ११ की सुत्केरी महिलालाई सेनाको पश्चिम एयर बेसको हेलिकप्टरले उद्धार गरेर सुर्खेत ल्याएको थियो ।
नेपाली सेनाले पहाडी र विकटका जिल्लाहरू हुम्ला, बाजुरा, खोटाङ, जाजरकोट, म्याग्दी, नुवाकोटका केही भूभाग, धादिङ, कालीकोट, सोलुखुम्बु, सिन्धुपाल्चोक, भोजपुर, रुकुम, सोलुखुम्बु, खोटाङ, गोरखा, अछाम लगायतका जिल्लाहरूबाट गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ ।
हेलिकप्टरका साथै सेनाले रसुवा र सोलुखुम्बुमा स्टेचरमा बोकेर समेत २ जना सुत्केरीको उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
नेपाली सेनाले सोलुखुम्बुबाट ७ जना, रसुवा २ जना, सोलुखुम्बुबाट १० जना, कालीकोटबाट ४ जना, डोल्पाबाट ९ जना गरी देशभरका हिमाली र पहाडी जिल्लाबाट सुत्केरीको उद्धार गरको छ ।
अघिल्लो वर्ष अर्थात् २०७७ सालमा सेनाले ६६ जना सुत्केरीको उद्धार गरेको तथ्याङ्कले देखाउँछ । बाग्लुङमा जीपबाट पनि सुत्केरी महिलाको उद्धार गरिएको थियो ।
विपदमा परेका ४५ सय जनाको उद्धार
नेपाली सेनाले सुत्केरी महिलाको मात्र नभएर विपद्को समयमा पनि उद्धार गर्दै आएको छ । यो वर्षमा सेनाले ४ हजार ५०७ जनाको उद्धार गरेको छ ।
कात्तिक महिनाको पहिलो साता तराईमा डुबानमा परेका ३ हजार ६५३ जनालाई जमिनबाट र ३९ जनाका हवाइ उद्धार गरिएको थियो ।
यस्तै असोज महिनामा आएको बाढी र डुबानमा परेका २९२ जना र सिन्धुपाल्चोकमा गएको पहिरोमा परेका २ जनाको उद्धार गरेको जंगी अड्डाले जनाएको छ ।
यस्तै भदौ १५ गते दार्चुलाको महाकाली नगरपालिका र दुहु गाउँपालिका बीचको पुल भत्किएर समस्या परेका २ सय जनलाई उद्धार गरिएको थियो । असार २ गते मादी गाउँपालिका– २ मा निर्माणाधीन अवस्थामा रहेको सुपर मादी जलविद्युत् आयोजनामा बाढीका कारणले फसेका १६० जनालाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाकारी दिए ।
असार ५ गते सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा बाढीमा फसेका ३६ जनालाई सेनाको एमआई १७ हवाइजहाजबाट उद्धार गरेको सेनाले जनाएको छ । अघिल्लो वर्ष विपतमा परेको २२९ जनालाई उद्धार गरेको थियो ।
१५ हजार नागरिकलाई निःशुल्क उपचार
नेपाली सेनाले सर्वसाधारणलाई देशभर निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट उपचार गर्दै आएको छ ।
यो वर्ष वीरेन्द्र सैनिक अस्पताल छाउनीले उपत्यकास्थित पशुपतिमा बालाचतुर्दशीमा र शिवरात्रिमा गरेर ८६५ जनलाई उपचार गरेको छ ।
बालाचतुर्दशीमा २५२ र शिवरात्रिमा ५१३ जनलाई निःशुल्क उपचार गरेको जंगी अड्डाले जनाएको छ ।
यस्तै सैनिक अस्पताल नेपालगञ्जबाट २ हजार ९०६ जना, सैनिक अस्पताल इटहरी र त्यस मातहतका अस्पतालबाट १ हजार १७४ जना नागरिकलाई निःशुल्क उपचार गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।
हिताधिकारीको उपचार
नेपाली सेनाले आफ्ना बहालवाला सैनिक, उनका आश्रित परिवार र भूपू सैनिकहरूलाई देशैभरीबाट उपचार गर्दै आएको छ ।
जसअन्तर्गत वीरेन्द्र सैनिक अस्पतालबाट बहालवाला ७३ हजार ५७१ र २ लाख ६१ हजार ९१५ भूपू सैनिक र उनका आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
नेपालगञ्ज सैनिक अस्पतालबाट ३६ हजार ८९९, सैनिक अस्पताल इटहरी र त्यसमातहतका अस्पतालबाट ३३ हजार ३३६, पोखरा सैनिक अस्पताल २६ हजार ७० र केन्द्र बाट ५१५ जना हिताधिकारीहरूको उपचार गरेको जङ्गी अड्डाले जनाएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...