×

NMB BANK
NIC ASIA

भारतीय लगानीकर्तासँग देउवाको अन्तरक्रिया

एमसीसीबारे भारतीय लगानीकर्ताको चासो, नेपालमा लगानीका लागि जग्गा अधिग्रहण मुख्य समस्या

चैत १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका उद्योगी व्यवसायीहरूले नेपालको संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे चासो राखेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो चासाे राखेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा भारतीय लगानीकर्ताको ध्यानाकर्षणका लागि नेपालका उद्योगीहरू र भारतीय उद्योग परिसंघको पहलमा आयोजित अन्तक्रियामा नेपालका प्रधानमन्त्रीसहित भ्रमण दलमा रहेका मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र उद्योगी व्यवसायीहरूको सहभागिता छ । 


Advertisment
Nabil box
Kumari

नेपालका उच्चपदस्थ अधिकारीहरूसँगको अन्तरक्रियामा भारतीय लगानीकर्ताले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि लगानीको वातावरणबारे प्रधानमन्त्री देउवासँग जिज्ञासा राखेका हुन् । 

Vianet communication
Laxmi Bank

त्यसैगरी, नेपालीमा लगानीका लागि जग्गा अधिग्रहण प्रक्रिया कठिन रहेको उनीहरूले गुनासो गरेका छन् । त्यसबाहेक अन्तरदेशीय कारोबार पनि नेपाल कठिन रहेको भारतीय लगानीकर्ताहरूको भनाइ छ ।

तर, अहिले यूपीआई र रुपे जस्ता पेमेन्ट प्लेटफर्म नेपालमा उपलब्ध भएकाले नेपाल र भारतबीचको कारोबारमा सहजता हुन सक्ने उनीहरूको अनुमान छ । 

विगतमा भारतले नेपाललाई विद्युत दिनुपर्ने अवस्था रहेको र अहिले भारतलाई विद्युत निर्यात गरिरहेको भन्दै नेपालमा भइसकेको आर्थिक सुधारको प्रशंसा पनि भारतीय लगानीकर्ताहरूले गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतीय उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्नका लागि आग्रह गरेका छन् । 

नेपाल युवा तागतसहित प्रशस्त ऊर्जा भएको देश भएकाले पनि विदेशी लगानीकर्ताको लागि आकर्षणको केन्द्र बन्नसक्ने गोल्छाले बताए । 

नेपालमा अरूण तेस्रो परियोजनामा लगानी गरिरहेका एक व्यवसायीले उक्त परियोजना सन् २०२५ सम्ममा बनाइसक्नुपर्ने भए पनि कम्पनीले सन् २०२३ भित्रमै सम्पन्न गर्ने अवस्थामा रहेको अन्तरक्रिया कार्यक्रममा बताएका थिए । तोकिएको समयभन्दा दुई वर्ष अघि नै परियोजना सम्पन्न गर्ने अवस्था रहनुले नेपालमा लगानीको वातारण भएको उनको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x