×

NMB BANK
NIC ASIA

हरेक स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने- शिक्षामन्त्री पौडेल

चैत २१, २०७८

NTC
Premier Steels

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् । विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए । 

Muktinath Bank

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए । उनले भने, 'विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरे । आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x