×

NMB BANK
NIC ASIA

उम्मेदवार बन्न धमाधम बेरुजु फर्छ्यौट गर्दै स्थानीय तहका जनप्रतिनिधि

चैत २२, २०७८

NTC
Premier Steels

निर्वाचनमा उम्मेदवार बन्न स्थानीय तहका पदाधिकारीले आफ्ना नाममा भएको बेरुजु फर्छ्यौट गर्न थालेका छन् ।

Muktinath Bank

निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा रहेको बेरुजु अनिवार्य फर्छ्यौट गर्नुपर्ने कानूनी प्रावधान भएपछि उम्मेदवार बन्नका लागि बेरुजु फर्छ्यौट गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४ वर्षसम्म चुपचाप बसेका जनप्रतिनिधिहरू निर्वाचनको मुखमा उम्मेदवार बन्नकै लागि पालिकामा गएर बेरुजु फर्छ्यौट गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औल्याएका बेरुजु तिर्नका लागि जनप्रतिनिधि आउन थालेका मोरङको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेले बताए ।

Vianet communication

‘फेरि पनि निर्वाचनमा पार्टीले उम्मेदवार बनाउला जस्तो छ भन्दै अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरू आँक्नहुन्छ,’ उनले भने, ‘उम्मेदवार हुन छाँटकाँट नदेखाउनेहरू अहिलेसम्म चुपचाप बसिरहेका छन् । बहालवाला जनप्रतिनिधिहरू को–को टिकटको दौडमा छन् भन्ने समेत बेरुजु तिर्न आउनेबाट थाहा हुने गरेको छ ।’

मिक्लाजुङमा गत आवमा मात्रै ९२ लाख ९८ हजार रुपैयाँ असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

मोरङको विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले पनि आफ्ना नाममा भएको बेरुजु तिर्न थालेका छन् । महालेखाले देखाएको बेरुजु फर्छ्यौट गरेको पत्र पाउँ भनेर जनप्रतिनिधिले पत्र पठाउन थालेका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।

गत आर्थिक वर्ष ०७६/०७७ मा १० करोड ४१ लाख ४३ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ ।

जनप्रतिनिधिको सेवासुविधा धेरै बेरुजु रहेको कर्मचारीहरू बताउँछन् । ‘जनप्रतिनिधिको सेवासुविधा सम्बन्धी कानूनमा प्रस्ट भए पनि ‘हामी पनि सरकार हौं’ भन्दै आफ्नो सेवासुविधा बढाउने काममा उहाँहरू लाग्नुभयो,’ एक लेखा अधिकृतले भने, ‘फर्छ्यौट नगरी उम्मेदवारी बन्न नपाउने भएपछि छटपटाइरहनुभएको छ ।’ ती लेखा अधिकृतका अनुसार जनप्रतिनिधि इच्छाभन्दा पनि बाध्यताले बेरुजु फर्छ्यौट गरिरहेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्थामा समेत सरकारी पेस्की बेरुजु नभएको भनी उम्मेदवारले स्वघोषणा गर्नुपर्ने जनाएको छ । चैत्र १६ गते जारी गरेको  सार्वजनिक सूचनाको (ड) नम्बरमा बेरुजुबारे उल्लेख गरिएको छ । 

‘उम्मेदवारले आफैंले पनि स्वघोषणा गर्नुपर्छ,’ प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले भने, ‘उम्मेदवारले ढाँटेमा उजुरी परे उम्मेदवारी खारेज हुनसक्ने अवस्था पनि आउँछ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x