×

NMB BANK
NIC ASIA

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण: सञ्चारमन्त्री कार्की

चैत २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

Muktinath Bank

उनले भने, “अबको गन्तव्य राष्ट्रिय र सामाजिक एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्नु रहेकाले यसमा सबैको साथ र समर्थन आवश्यक छ ।” सरकार सदैव प्रेस स्वतन्तत्राको पक्षमा रहेको र सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सञ्चारकर्मीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले त्यसका लागि सरकार सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए ।   
 
उनले अबको १० वर्षभित्रमा समृद्ध नेपाल र धनी नेपाली बनाउने आकांक्षाका साथ सरकार अघि बढेको उल्लेख गर्दै यस अभियानमा सबै क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याए । नेपालको संविधानले परिकल्पना गरेको विकास, समृद्धि सामाजिक एकता हासिल गर्न सबै एक भएर लाग्नुपर्र्नेे उनको भनाइ थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले यसअघिको सरकाले प्रेस स्वतन्त्रता सङ्कूचन हुनेगरी अघि बढाएका विधेयकहरु फिर्ता लिन आग्रह गरे । नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सरकार र मिडियाकर्मीको संयुक्त सहकार्य र योगदान हुनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस युनियनका कावा महासचिव भीष्मराज ओझा, युनियनका कोषाध्यक्ष सरोज अघिकारीलगायतले सञ्चार क्षेत्रको चर्चा गरेका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x