×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

स्थानीय तह निर्वाचनका लागि लागू भयो आचारसंहिता

चैत २५, २०७८

NTC
Premier Steels

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । 

Muktinath Bank

आयोगले पत्रकार सम्मेलन गर्दै आचारसंहिता शुक्रवार रातिदेखि लागू हुने जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित हुनुका साथै सञ्चारमाध्यममार्फत आमनागरिकमा समेत प्रचारप्रसार भएको बताए । 


Advertisment
Nabil box
Kumari

आचारसंहितामा भएका प्रावधान सबै राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला पक्षले पूर्ण रुपमा पालना गर्न उनले आग्रह पनि गरेका छन् । 

Vianet communication

'आचारसंहिता उल्लंघन गरेको पाइएमा सचेत गराउने, सूचना प्रकाशित गर्नेदेखि कानूनअनुसारको जरिवाना, कैद तथा उम्मेदवारी रद्द हुने समेतको प्रभावकारी रुपले कार्यान्वयन गरिनेछ,' पौडेलले भने । 

स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधिले निर्वाचन अगावै पदबाट राजीनामा दिनु पर्ने वा नपर्ने विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतले अन्तिम टुंगो लगाएबमोजिम नै हुने पौडेलको भनाइ छ । 

निर्वाचन आचारसंहिता ऐन २०७८, निर्वाचन कसूरजन्य ऐन २०७८ सहित निर्वाचन आयोगबाट जारी भएको ६० बुँदे निर्देशन पालना गर्न उनले आग्रह गरे ।

स्वच्छ, स्वतन्त्र, मितव्ययी रूपले निर्वाचन सम्पन्न गराउन र खर्चमा नियन्त्रण गर्दै भड्किलोरहित चुनाव बनाउन उनले आग्रह गरे । 

यस्तै उनले सामाजिक सञ्जालमा उम्मेदवार र राजनीतिक दलले मात्र प्रचार गर्न पाउने बताए ।

उम्मेदवार हुन चाहनेले स्थानीय तहमा ठेक्कापट्टा वा चलअचल सम्पत्तिको व्यवहारमा संलग्न नरहेको स्वःघोषणा गर्नुपर्ने थपलियाले बताए ।

'स्थानीय तहको कोषबाट सञ्चालित हुने कुनै पनि कार्यमा संलग्न छ भने त्यसको क्लियरेन्स नगरी उम्मेदवारी दिए उम्मेदवारी धरापमा पर्न सक्छ,' थपलियाले थपे, 'त्यसैले त्यस विषयमा उम्मेदवार हुन चाहनेले नै त्यस विषयमा विचार गर्नुपर्ने हुन्छ।'

उम्मेदवारको प्रचारप्रसार गर्न कुनै मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोतको उपयोग गर्न नपाउने प्रावधानलाई उनले स्मरण गराए । '२०४८ सालको चुनावदेखि नै उक्त प्रावधान रहेकाले त्यस विषयमा पनि ध्यान दिनुहुने नै छ,' थपलियाले थपे।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x