×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।

Muktinath Bank

एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

एमाले केन्द्रीय सदस्य तथा नगर प्रमुख सुवेदीले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न पुनः एक पटक दोहोरिन चाहेको बताउँदै आएका छन् । उपप्रमुख आचार्यले आफू अब स्वतः मेयरको दाबेदार रहेको बताउँदै आएकी छन् ।

Vianet communication

राना रुपन्देहीका युवा नेता हुन् । उनी सबैसँग घुलमिल छन् । औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष भट्टराई मिलनसार छन् । 

अर्यालले यसअघि उपमेयरमा दाबी गर्दै आएकी थिइन् तर अहिले नगरले उनको नाम मेयरमा सिफारिस गरेको छ । अर्याल एमाले केन्द्रीय सदस्य हुन् । केसी एमाले रुपन्देहीकी अध्यक्ष हुन् ।

उनले पनि पार्टीले अगाडि सारे उपमहानगरको नेतृत्व सहाल्ने बताउँदै आएकी छन् । रेग्मी बुटवल उपमहानगरपालिकाको प्रवक्ता तथा १५ नम्बर वडाको वडाध्यक्ष हुन् भने भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन् । उनी पनि एमालेका सबै नेतासँग नजिक छन् । 

उपमेयरमा पनि ८ जनाको नाम सिफारिस भएको ज्ञवालीले बताए । स्थानीय चुनावमा बुटवलको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ । बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो । १९ वडा रहेको बुटवलमा ९० हजारभन्दा बढी मतदाता छन् ।

गत निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित १६ वडामा जीत हासिल गरेको थियो । ८ जनाको नाम सिफारिस भए पनि मुख्य प्रतिस्पर्धी राना, भट्टराई र सुवेदी रहेका जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x