×

NMB BANK
NIC ASIA

एमालेका अधिकांश नेताहरूले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भयो : प्रचण्ड

बैशाख १, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपामा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।

Muktinath Bank

बिहीवार ललितपुरमा आयोजित नेकपा माओवादी केन्द्रको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरू भएको बताए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरूले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि बताए । उनले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताए । अध्यक्ष दाहालले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए ।

Vianet communication

उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।

अध्यक्ष दाहालले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौं । के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन । त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह । मालेकालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुविकृत नहुने भनेर गरियो । त्यो पनि अरुले गरेर भएन, तपाईंहरूलाई प्रचण्डले के–के गर्छ–गर्छ भन्ने भएको थियो होला तर जसरी एकता केन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो । त्यो एकताबाट कम्युनिस्टहरूलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रस्तावमा काम अघि बढेको थियो । त्यो कतिबेला दुर्घटनामा पर्‍यो भने जतिबेला एमाले भित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्व एमालेको पनि अत्याधिक ठूलो संख्या, ८–१० जना छाडेरले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो त्यसपछि षड्यन्त्र शुरू भयो । भयानक षड्यन्त्र शुरू भयो । आजकाल तपाईंहरूले सुन्नुभएको होला, एमालेका केही नेताहरू भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि ! उनीहरू नै भन्छन् हामीले भन्नुपर्दैन । हामीले एकता गर्दा ६०/४० भनियो । यदि माओवादी नफुटेको भए त्यो हुँदैन थियो । हामी ६० हुन्थ्यौं, एमाले ४० हुन्थ्यो, माओवादी ६० भएको भए पार्टी फुट्दैन थियो । हामी साँच्चै समाजवादतिर त्यो पार्टीलाई लिएर जान्थ्यौं । त्यसैले एमालेका सबै खराब छन् भन्ने पनि सोच्नु हुँदैन । एमालेभित्र हामीले ३ वर्ष बसेर हेरेका छौं नि ! त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी इमान्दार नै कम्युनिस्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेछन् तर लिडरशीप भनेको चाबी जस्तो हो । नेतृत्वले यतिधेरै भ्रम दिएर राखेको छ कि तिनीहरूलाई बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई । एमाले भित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य छन् । हामीले तिनलाई मुक्त गर्नुछ । तिनलाई मुक्त गरेर तिनको पनि नेतृत्व हामीले गर्नुछ । त्यसैले ठूलो सोचाइ राखेर क्रान्ति गर्नुपर्छ ।’

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए । उनले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए । अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको रणनीति अहिले पनि माओवादीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएर अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘देशभर अब माओवादी ध्रुवीकरणलाई हामी सबैले सहयोग गर्नुपर्छ र प्रतिक्रियावादीहरूले देश भित्रका र देश बाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने जो षड्यन्त्र भएको छ, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदैछ । राष्ट्रको निम्ति र आमजनता र समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको संघीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरु कुनै पार्टी र विचारबाट यो भएको होइन । माओवादी कमजोर हुने बित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदो रहेछ भन्ने कुरा गत सालदेखि नै हाल्यौं । अझै पनि त्यो खतरा टरेको छैन । अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरूलाई, मूल्य, मान्यतालाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन । प्रतिक्रियावादीहरूको रणनीति अहिले पनि माओवादीलाई घेरा हालेर सखाप पार्ने नै छ । हाम्रो रणनीति माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने नै छ । अब एकपटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको हाम्रो यात्रालाई माओवादीहरूकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदैछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x