×

NMB BANK
NIC ASIA

चुनावी तालमेल गर्ने पार्टी निर्णय मान्न कांग्रेसको निर्देशन

बैशाख २, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनको निर्णय मान्न मातहतका समितिलाई निर्देशन दिएको छ । गठबन्धनलाई थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय छ । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार बसेको कांग्रेस निर्वाचन परिचालन समिति बैठकले गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समिति बैठकले चुनावी तालमेलबारे पार्टीको निर्णय कार्यान्वयन नगर्नु पार्टीको अनुशासन उल्लघंन हुने समेत निश्कर्ष निकालेको छ ।  


Advertisment
Nabil box
Kumari

‘चुनावी गठबन्धन सम्बन्धमा केन्द्रीय समितिले गरेको निर्णय पालना गर्नु सभापति लगायत सबैको दायित्व हो । उल्लंघन गर्ने विषय पार्टीको अनुशासनको दायराको विषय हुन्छ भन्ने पनि समितिको निचोड छ,’ बैठकपछि केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘तर, गठबन्धन स्थानीय आवश्यकता र औचित्यको आधारमा हुन्छ । कुनै ठाउँमा गठबन्धन दलबीच प्रतिष्पर्धा हुन पनि सक्छ ।’

Vianet communication

कतिपय जिल्ला र पालिका स्तरका समितिले गठबन्धन नगर्ने बताइरहेका बेला निर्वाचन परिचालन समितिले केन्द्रको निर्णय पालन गर्न निर्देशन दिएको हो । 

कांग्रेसले उपसभापति खड्का संयोजक र उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । 

बैठकले स्थानीय तह निर्वाचनका लागि स्थानीय स्तरमा समन्वय गर्न सहमहामन्त्रीहरूलाई खटाउने पनि निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x