×

NMB BANK
NIC ASIA

व्यापार घाटा १३ खर्ब नाघ्यो, निर्यात बढे पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै

बैशाख ९, २०७९

NTC
फाइल तस्वीर।
Premier Steels

चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा १३ खर्ब रूपैयाँ नाघेको छ । 

Muktinath Bank

यस्तो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढेको छ । गत वर्ष यो अवधिमा १० खर्ब १ रूपैयाँको मात्रै व्यापार घाटा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वर्षको चैतसम्ममा नेपालमा विभिन्न देशबाट भित्रिएका वस्तुहरूको आयात १४ खर्ब ६६ अर्ब रूपैयाँको रहेको छ । यस्तो आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.७९ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको यो अवधिमा नेपालमा भएको यस्तो आयात ११ खर्ब ११ अर्ब रूपैयाँको थियो । 


Advertisment
Nabil box
Kumari

यो अवधिसम्ममा नेपालको निर्यात हिस्सा ९.१३ प्रतिशतको मात्रै छ । नेपालको कुल वैदेशिक व्यापार यो अवधिसम्ममा १६ अर्ब २७ करोड रूपैयाँ पुगेको छ । 

Vianet communication

यस्तो वैदेशिक व्यापार यो वर्ष ३४.९१ प्रतिशतले बढेको भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । गत वर्षको यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब रूपैयाँ थियो । 

निर्यात बढे पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै

यो अवधिमा नेपालबाट निर्यात हुने वस्तु ६९.४४ प्रतिशत रहेको छ । 

गत वर्षको तुलनामा यो वर्ष बढेको निर्यात उल्लेख्य भए पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै हो । साढे १४ खर्बभन्दा बढीको आयातमा एक खर्ब ६० अर्ब रूपैयाँको मात्रै निर्यात भएको तथ्यांकले देखाएको छ । यस्तो निर्यात गत वर्षको यो अवधिमा ९४ अर्ब रूपैयाँ मात्रै थियो । 

पेट्रोलियम पदार्थको आयात नै साढे २ खर्ब नाघ्यो 

यो अवधिमा पेट्रोलियम पदार्थको आयात साढे दुई खर्ब रूपैयाँ नाघेको छ । 

चैतसम्ममा नेपाल भित्रिएको पेट्रोलियम पदार्थको आयात दुई खर्ब ५७ अर्ब रुपैयाँको छ । यो रकम गत वर्षको तुलनामा यो वर्ष एक खर्ब ९ अर्ब रूपैयाँले बढेको हो । 

यस्तो आयात गत वर्षको तुलनामा यो वर्ष ७३.६४ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको ९ महिनामा नेपालमा पेट्रोलियम पदार्थको आयात एक खर्ब ४८ अर्ब रूपैयाँको मात्रै थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x