×

NMB BANK
NIC ASIA

बुटवल र आसपासको क्षेत्रमा लोक नृत्यमा एकछत्र राज गरेका छन् अनु रजकले । पश्चिमा संस्कृतिको बढ्दो प्रभावले लोप हुन थालेका नेपाली पुराना लोक नृत्यहरूको संरक्षणमा रजक लागेका छन् ।

Muktinath Bank

उनको अभियान लोपोन्मुख लोक संस्कृति जोगाउनमा केन्द्रित छ । ‘आधुनिकताले ढाँकेको बेला नेपाली संस्कृति जोगाउन पहल गर्नुपर्ने अत्यावश्यक भइसकेको छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नृत्य निर्देशन तथा लोक नृत्यमा स्थापित नाम हो अनु । उनको लोक नृत्य यात्राले लामो दूरी तय गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाकाल अघिसम्म अनुसँग लोक नृत्य सिक्नेको तछाडमछाड नै थियो । महामारीको बेला केही सुस्ताए पनि अहिले फेरि लय समातेको छ । उनैले नृत्य सिकाएकाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा उपाधि चुमेका छन् । अनु यस क्षेत्रमा लोक नृत्य संरक्षणमा आफूले पहिलो पाइला चालेको दाबी गर्छन् ।

Vianet communication

उमेरले भर्खरै ४० टेकेका रजकका प्रत्येक कोषमा नृत्यका लिपीहरू जोडिएका छन् । लोक नृत्य संरक्षणमा जुटेर उनले विभिन्न मञ्चहरूमा नेपाल र नेपालीका पहिचान दिलाएका छन् । साढे २ दशकदेखि निरन्तर नृत्य र संगीतको क्षेत्रमा समर्पित रहँदै आफूलाई नृत्य शास्त्रको ‘बादशाह’ प्रमाणित गर्दैछन् रजकले ।

नेपाली लोक नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै लोक नृत्य क्षेत्रको उन्नयनमा समर्पित उनी राज्यको ध्यान नपुगेको क्षेत्रमा आफू लागेको बताउँछन् ।

विक्रम संवत् २०३९ सालमा बुटवल उपमहानगरपालिका–३ मा जन्मिएका अनुको सानैदेखि नृत्यमा रूचि थियो । रेडियोमा गीत बज्दा पनि उनले खुट्टा उचालिहाल्थे, नाच्नमा एकदमै सिपालु । विद्यालयले आयोजना गर्ने विभिन्न नृत्यमा उनी नाचेरै उपाधि जित्थे । स्कूलमा कुन–कुन गीतमा नाँचे, उनलाई अहिले याद नै छैन ।

२०५७ सालमा बुटवलको ज्ञानोदय माविबाट उनले तत्कालीन एसएलसी उत्तीर्ण गरे । प्लस टू बुटवलकै सिद्धार्थ क्याम्पसबाट पास गरेपछि नृत्यलाई नै आफ्नो कर्मक्षेत्र बनाउँदै उनले भारतको इलाहाबाद प्राग संगीत समितिबाट कत्थक नाच विषयमा डिप्लोमा उत्तीर्ण गरे ।

त्यसपछि बुटवलमा आएर नाच्दै नृत्य सिकाउन थाले । उनले आफ्नै साधना सांस्कृतिक कला केन्द्र स्थापना गरेर नृत्य सिकाउँदै लोप हुन थालेका नेपाली लोक नृत्यको संरक्षणमा लागे । बुटवलका पुराना संगीत गुरुहरू शारदा थापा र गीता थापाबाट प्रभावित भएर यहीँ क्षेत्र रोजेको रजक बताउँछन् । 

‘पश्चिमा संस्कृतिले नेपाली लोक नृत्य संकटमा परेको छ । यसतर्फ राज्यले ध्यान नदिए पनि म यसको संरक्षण र प्रवद्र्धनमा लागेको छु,’ रजक भन्छन्, ‘सरकारले स्कूलहरूमा आधुनिक खालका गीत बजाउन र त्यहीँ गीतमा नाच्नमा त बन्देज लगाएकोले अहिले बाल गीत, राष्ट्रिय गीत र लोक गीतमा बज्न थालेका छन् ।’ अझै पनि मधेश बाहुल क्षेत्रमा हिन्दी र भोजपुरी गीतहरू विद्यालयमा बज्ने गरेका उनी दाबी गर्छन् । उनले जिल्ला–जिल्लामा पुगेर लोकनाचहरू संकलन गरेका छन् ।

नर्तकहरूको टोली लिएर गाउँगाउँमा पुगेर लोक नृत्य संकलन गर्न सहज नभएको उनको भनाइ छ । यस क्षेत्रमा पुराना थारू, झर्रा, झुमरा, थारू र बड्की नाचलाई उनले संरक्षण गरी उतारेका छन् । यस क्षेत्रमा लोकप्रिय सराय नाच संरक्षणको खाँचो रहेको छ । भारत पुगेर रजकले थाली नाच सिकाएका छन् ।

नाच र नृत्यकर्मीलाई जोगाउनका लागि राज्यबाट नीति नबनेकोमा रजक दुःखी छन् । कलाकारको आर्थिक अवस्थाप्रति सरकारको ध्यान पुग्न सकेको छैन भन्छन् अनु ।

‘रूपन्देहीको सैनामैनाको बड्की तथा महाभारत नाच अन्यत्र कोही नाच्दैनन्, त्यहीँ नजिकको सरकारलाई पनि संरक्षणप्रति ध्यान छैन,’ अनुले भने ।

नेपाली मौलिक लोक नृत्यहरूको प्रचारप्रसार गर्ने क्रममा रजक भारतसम्म पुगेका छन् । धनसम्पत्ति कमाउन नसके पनि नृत्यमार्फत मुलुकका लागि केही योगदान गर्न सकेकोमा खुशी छन् उनी । कला, साहित्य तथा संस्कृतिको उत्थानमा ठूलो मोह रहे पनि अहिलेका स्थानीय सरकारले त्यो क्षेत्रका लागि केही गर्न नसकेको उनी बताउँछन् ।

सबैको माया र साथले आफू अहिले यो अवस्थासम्म आइपुगेको अनु बताउँछन् । प्राण रहेसम्म नृत्यलाई छाड्न नसक्ने उनी बताउँछन् । उनी रूपन्देहीका दर्जनभन्दा बढी विद्यालयमा लोक नृत्य सिकाउन पुग्ने गरेका छन् । अब विद्यालयको पाठ्यक्रममा पनि लोक नृत्य समावेश गरी अध्ययनको विषय बनाउनुपर्ने उनको भनाइ छ ।

स्थानीय पालिकामा भाषा, कला, संस्कृतिको प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि त्यसको सही सदुपयोग हुन सकेको छैन । ‘पालिकाहरू आफ्नै नगरको लोक संस्कृति संरक्षण गर्न लागेनन्, यो दुःखद पक्ष हो,’ रजकले भने, ‘लोपोन्मुख लोक संस्कृति जोगाउने नीतिगत खाका बनाउनु पर्दैन ?’

उनले थपे, ‘सर्वसाधारणले पनि के बझ्न जरुरी छ भने हामीले आधुनिकताको माग गर्ने होइन । नेपालकै संस्कृति, संसारसँग आत्मीयता राख्ने आदिम सम्बन्धको संरक्षणतर्फ लाग्नुपर्छ ।’ 

रजकले आर्मीलाई पनि नृत्य सिकाए । रण सादुर गण र भवानी गणमा पुगेर उनले नृत्य सिकाउँथे । प्रदेश सभाका मर्यादापालकलाई पनि उनैले नृत्य सिकाए । उनी भन्छन्, ‘रुचि हुनेले छिट्टै सिक्छन्, जा न सिकेर आइज भनेर अरुले पठाएकाहरूलाई सिकाउन समय लाग्छ ।’

उनी लोक, चर्या र कत्थक नृत्य सिकाउँछन् । लोक शास्त्रीय नृत्य हो । यो साविक पश्चिमाञ्चल क्षेत्रमा बढी देखाइन्छ । ‘कत्थक भगवान् कृष्णसँग सम्बन्धित नाच हो । लोक नाचलाई बचाए लोक नाचले हामीलाई बचाउँछ । यी नाचहरू कहिल्यै पुराना हुँदैनन्,’ उनले भने ।

नेपालभर ८० वटा लोक नृत्य प्रस्तृत गरी त्यहीँ समुदायसँग समन्वय गरेका छन् उनले । हालै रजककै पहलमा राष्ट्रिय नृत्य निर्देशन कार्यशाला बुटवलमा गरेर विभिन्न नाचहरू सिकाइ आदानप्रदान गरिएको छ । लुम्बिनी प्रदेशलाई समेटेर लोक सांस्कृतिक महोत्सव गर्ने तयारीमा रहेको उनले बताए । ‘बस् यति मात्र भन्छु, नेपाली कला, संस्कृति र नृत्यलाई सधैं माया गर्नुहोस्,’ अनु भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x