×

NMB BANK
NIC ASIA

साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

बैशाख १२, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । 

Muktinath Bank

ती दलले उम्मेदवार टुङ्ग्याएर आज साँझ ५ बजेसम्ममा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), खम्बुवान राष्ट्रिय मोर्चा र मङ्गोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षमा आइतबार तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।


Advertisment
Nabil box
Kumari

जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मङ्गोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ ।

Vianet communication

मङ्गोलले हलेसी तुवाचुङ –१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ । हलेसी तुवाचुङ –९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क–१ राखाबाङ्देलमा माओवादी केन्द्रले वडाध्यक्षसहित चार सदस्यमा उम्मदवारी दर्ता गराएको छ । 

ऐसेलुखर्क–४ जलेश्वरी र ऐसेलुखर्क–५ महेश्वरीमा राप्रपाले वडाध्यक्षसहितमा मनोनयन दर्ता गराएको जनाएको छ । यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी–३ बास्पानी र केपिलासगढी –५ सप्तेश्वरमा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । 

रावाबेँसी –२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x