×

NMB BANK
NIC ASIA

विराटनगरमा गठबन्धनको किचलो, माओवादी केन्द्रकी नमिताले दिइन‍् उपमेयरमा बागी उम्मेदवारी

बैशाख १३, २०७९

NTC
Premier Steels

विराटनगर महानगरपालिकामा नेकपा माओवादी केन्द्र विराटनगरकी सचिवसमेत रहेकी नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

Muktinath Bank

एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएकी हुँ, म उपप्रमुखमा विजयी हुन्छु भन्ने विश्वास छ ।’


Advertisment
Nabil box
Kumari

गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन ।

Vianet communication

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन् भने जसपाका अरमेन्द्र यादव उपमेयरको उम्मेदवार बनेका छन् । 

कांग्रेसले गठबन्धनमा रहेका दललाई वास्ता नगरेको भन्दै नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्रका नेताहरू रुष्ट बनेका छन् ।

संस्थापन इतर समूहको बहुमत रहेको विराटनगरमा संस्थापन इतरकै कोइराला मेयरको उम्मेदवार बनेका छन । 

कांग्रेस विराटनगर महानगर समितिले महानगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो । 

यता कांग्रेस महानगर सभापति दिपक चापागाईँले भने माओवादीले उपमेयरमा उम्मेदर उठाएर धोका दिएको बताएका छन् ।

उनले कांग्रेसले एक्लै जित्ने ठाउँमा केन्द्रले गठबन्धन गरिदिएका कारण समस्या आएको उनले बताए ।

यस्तै विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् ।

विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् ।

ती वडाहरुको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेदवारी दिएका छन् ।

सोमवारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहिलो दिन आइतवार ३ जना गरि १६ जनाले प्रमुखमा मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालका अनुसार प्रमुखमा कांग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट प्रह्लाद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् ।

आइतवार मात्रै स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । 

उपप्रमुखमा भने जसपाबाट उपेन्द्र यादवको छोरा अरमेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट विन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x