×

NMB BANK
NIC ASIA

झिसमिसेमै हिँडेको गोपाल मध्याह्नतिर दिदीको घर पुग्यो । दिदी भैंसीलाई घाँसकुँडो गर्दै थिइन् । अकस्मात् भाइलाई देखेर छक्क पर्दै भनिन्, ‘काँ’ जान हिँड्या भाइ ? घराँ’ सप्पै सञ्चै छन् नि ?’
‘ठीकै छौं,’ गोपालले कुरो चपाउँदै भन्यो, ‘धादिङसम्म पुग्न खोज्या ।’

Sagarmatha Cement
Muktinath Bank

‘धादिङ रे ? किन नि ? बर्खा मासाँ’ ।’
‘त्यत्तिकै ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोइ कुन्नि किन हो दिदीले तत्कालै थप कोट्याउन चाहिनन् । गुन्द्री तानेर ‘बस्दै गर है’ भन्दै चुलोतिर लागिन् । दिदीले आगो फुक्न लागेको देखेर गोपालले भन्यो, ‘भो दिदी ! दुःख नगर्नुस्, भात खाइसक्नु’भा जस्तो छ ।’
‘के भन्या’ भाइ ! दुई मुठी चामल पकाउन नि, तरकारी ब्या’न पका’ फर्सी मुन्टा छँदैछ ।’
‘भिनाजु काँ’ जानु’भा नि ?’
‘आइपुग्नै लाग्नुभा’ख, ब्यानै जानुभा’को पल्लो गाँआँ दुई घर ‘सरात’ गर्नुछ भन्नुभा’थ्यो ।’


Advertisment
Nabil box
Kumari

गोपाल खाना खाएर आँगनतिर टहलिन लाग्यो । गोठको तीन साँझे लैनो भैंसी आँइआँइ गर्दै पाडो खोज्न थाल्यो । माउको आवाज सुनेर पिँढीमा बाँधेको पाडोले व्याईँव्याईँ गर्दै जवाफ फर्कायो । दिदी गौवा लिएर दूध दुहुन बसिन् । 

Vianet communication
Laxmi Bank

गोपाललाई आँगनमा देखेर श्राद्ध सकेर आउँदै गरेका भिनाजुले खिसिक्क हाँस्दै भने, ‘गोपाल तिमी ? काँ’ सम्म, कुनै काम थ्यो’ कि ?’

‘छैन भिनाजु !’ गोपालले घोसेमुन्टो लगाउँदै भन्यो, ‘धादिङसम्म जाम’ कि भन्या ।’

उनले पनि तत्काल त्योभन्दा बढी कोट्याउन उचित ठानेनन् । ‘बस्दै गर है, एक अँआलो घाँस ल्याउँछु’ भन्दै सिदाको पोको राखेर बारीतिर लागे । राति दिदीभिनाजुबीच कुरा चल्यो, ‘बर्खा मासाँ’ किन हिँड्या होला यो केटो, भन्दैन मनाँ’ के छ कुन्नि, यस्तैयस्तै । उज्यालो हुनासाथ गोपालले झोला भिर्दै भन्यो, ‘भिनाजु ! बस्नुस् है !’

‘किन हतार गर्‍या, खाना नखाई काँ’ जाने ?’
‘भरे पुगिँदैन कि ?’
‘जत्ति पुगिन्छ । बरू भन धादिङ जान किन लाग्या’ हौ ?’

गोपालले अब पनि ढाँट्न उपयुक्त ठानेन र मसिनो स्वरमा भन्यो, ‘पढौं कि भन्ने लाग्या’ छ ।’

‘पढ्न हिँड्या रे ?’ बीचमा कुरा काट्दै दिदीले भनिन्, ‘दशैं नजिकै छ, बस न त्याँ’ सम्म ।’

‘काँ’ त्यसो भन्या दिदी ! दशैंपछि त्या’र आउला, त्या’रपछि बाली थन्क्याउनुपर्ला । झ्याँस– डल्लाको कुरा होला, खेतीपातीको कुरा आउला । अनि ।’
‘घराँ’ भन्या छौ त ?’
‘कसलाई ?’ 
‘बाआमालाई ।’
‘छैन ।’
‘भाग्या’ हौ कि ?’
‘त्यस्तै ।’

‘ह्वाँहरूलाई बर्खां मासाँ’ कहाँ गयो भन्ने हुन्छ, एक वचन भनेर त हिँड्नुपर्छ ।’
‘भन्न थाले काँ’ छुट्टी मिल्छ ?’

गोपालको जिद्दी देखेर भिनाजुले रोक्न चाहेनन् । उसको स्वभावै त्यस्तै थ्यो, अरूले भनेको सुन्नै नचाहने । सम्झाउँदै भने, ‘पढ्न हिँड्या भन्छौ । परदेशाँ कठै भन्ने कोही हुुँदैनन् । खर्च पानीको बन्दोबस्ती गर्‍या’ छौ त ?’
‘छ, सय रुप्ये बोकेर हिँड्या छु ।’
‘कसले दिए, कतै चोरेर हिँडेनौ ?’
‘होइन, माग्या ।’
‘को सँ’ ?’
‘गाउँले हजुरबा सँ’, सापटी ।’
‘बा सँ’ भनेनौ ?’
‘भनिन ।’
‘किन ?’
‘किन भन्ने ? ह्वा सँ’ भने किन भन्नुहुन्छ । कारण भने छुट्टी नै मिल्दैन ।’
‘सय रुप्पेले पुग्छ त ?’
‘खोइ ?’
‘खान बस्नै पर्‍यो । नयाँ लुगा पनि चाइएला ।’
‘आऽऽ जस्तो होला, त्यस्तै टर्ला ।’

गोपालको कुरा सुने भिनाजुको चित्त काटियो । सय रुपियाँ थपिदिए यजमानी गर्दा पाइएको दक्षिणाबाट । दिदी ‘पख है एक गाँस खाएर जाउँ’ भन्दै आगो फुक्न लागिन् । भात पाकुन् जेल भिनाजुले भैंसी दुहुने र घाँसगोबर गरे । दिदीले भदौरै झरीमा भिजेको दाउरा फूफू गर्दै भात र गावाको तरकारी पकाइन् । खाना खाएर गोपाल झोला, छाता लिएर हिँड्यो । भिनाजु घाँस काट्न बेसीतिर झरे ।
 
गोपाल करीब ३ घण्टा उकालीओराली गर्दै थोपल खोलामा पुग्यो । अहिले जस्तो साँघु, पुल थिएन । खोला तर्न पानीमै हेलिनुपथ्र्यो । बर्खे झरीले वारपार भएको थोपल खोला एक्लै तर्ने आँट आएन । यताउता हेर्‍यो, त्यतैतिर एक जना छत्री ओडेर गाई चराइरहेका रहेछन् । उनैसित सहयोग माग्दै भन्यो, ‘दाजु ! खोला तार्दिनु हुन्छ ?’

उनले गोपालको मुखमा हेर्दै भने, ‘ता’र्न त तार्दिउँला तर पैसा लाग्छ ।’
‘कति ?’
‘ठूला भा’ भए दुई रुप्पें माग्थें, साना छौ एक रुप्ये दिए हुन्छ ।’

त्यसपछि गोठालो दाइले झोला काँधमा राखी लुगा टाउकोमा बेरेर खोला तारिदिए । गोपाल १ रुपैयाँ दिएर अघि बढ्यो । दर्के झरीमा १ घण्टा जति धानखेत हिँडेर पौवा उकालोको फेदीमा पुग्यो । पानी एकनास दर्किरहेको थियो । ऊ टाउकोमा झोला, काँधमा छाताको डाँठ र २ हातले कोटको २ टुप्पो समातेर उकालो लाग्यो । जिउमा माथि भोटो र ज्वारीकोट थियो । कम्मरमा घुँडासम्म आउने गरी बाँधेको छड्के कछाडलाई चप्पलले हिलोले छ्यापेर विरूप पारेको थियो । छाता ओडेको भए पनि दर्के पानीले आधा शरीर भिजिसकेको थियो तर गोपालको भने त्यतातिर ध्यान दिने फुर्सद नै थिएन ।

करीब २ घण्टा उकालो हिँडेपछि भञ्ज्याङ आइपुग्यो, जसलाई मैदान भनिन्थ्यो । त्यहाँबाट चारैतिर हेर्‍यो पश्चिम आकाशमा पातलो बादलको घुम्टोभित्र डुब्न लागेको घाम देखेर लामो सास फेर्‍यो । मैदानबाट तल झर्ने २ वटा बाटो देखेर त्यतै भेटिएका सज्जनलाई सोध्यो, ‘दाजु ! यो बाटो काँ जान्छ ?’
‘सिधै झरेहुँदी अड्डातिर पुगिन्छ, तेर्साे लागे बस्तीतिर, आफू काँ जाने हो र ?’
‘खोइ ?’
‘ठावैं था छैन ?’ 
‘हजुर, छैन ।’
‘किन हिँड्या हौ त ?’
‘पढ्ने ठाउँ खोज्दै ।’
‘ठाउँ त छ सदरमुकाँ’ भैरवी हाइस्कूल र पर बस्तीमा संस्कृत पाठशाला तर अहिले बस्तीतिर झर्न ठीक होला जस्तो लाग्या’ छ ।’

उनको मार्गदर्शन अनुसार गोपाल बस्तीतिर झर्‍यो । करीब आधा घन्टा हिँडेपछि बाक्लो बस्तीमा पुग्यो । साँझ परिसकेकाले उसलाई बस्ने ठाउँ चाहिएको थियो । त्यसैले बाटोमै पर्ने एउटा घरको तगारो उघारी आँगनमा छिरेर यताउता हेर्‍यो । सिमसिम पानी पर्न शुरू गरेकाले पिँढीमा गुन्द्री तानेर बस्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x