×

NMB BANK
NIC ASIA

पूरा भयो नदेखेको सपना

बैशाख १८, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

 'गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,' काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भने।

Muktinath Bank

गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,' लम्सालले थपे, 'सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।' 


Advertisment
Nabil box
Kumari

४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहेका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताए । 'शुरू वाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,' सापकोटाले थपे। 

Vianet communication

'औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,' उहाँले भने।  विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा शुरू वात गर्नुभएको थियो । त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।

'घाउ–खटिराको चिरफार गरिदिने र काटेको ठाउँमा रगत रोकिदिने काम उहाँले धेरै गर्नुभयो,' लम्सालले भने। रगत रोकिदिने उपचारबाट शुरू भएको गाउँमा ५१ वर्षपछि अस्पताल बनेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिका हो– मण्डनदेउपुर । अस्पताल निर्माण गर्ने कार्यमा भने जेठो बनेको छ । सङ्घीयतापछि काभ्रेपलाञ्चोक जिल्लामा अस्पताल बनाएर सेवा प्रारम्भ गर्ने पहिलो स्थानीय तह आफ्नो नगर बनेको नगरप्रमुख टोकबहादुर वाइबाले दाबी गरे । 

अस्पताल निर्माणका लागि प्रदेश सरकारको छ करोड ७० लाख रुपियाँ र नगरपालिकाको तीन करोड ८६ लाख गरी १० करोड ५७ लाख रुपियाँको लागतमा वडा नम्बर ७ मा आधारभूत अस्पताल बनेको हो । प्रदेश सांसद लक्ष्मण लम्साल मण्डनदेउपुरवासीको एउटा आधारभूत आवश्यकता पूरा भएको बताए ।

'कम्तीमा १५ शøयामा विस्तार गर्ने प्रयास गरिहेका छौँ,' सांसद लम्सालले थप्नुभयो । अस्पताल पाँच शøयाको रहने र अस्पतालबाट प्रयोगशाला, एक्स–रे, बर्थिङ केन्द्र, फार्मेसीलगायतका सुविधा दिइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । अस्पतालमा रहेको जनशक्ति अस्पतालमा ल्याएर सेवा सुचारु गरिने घिमिरेले भने। गोरखापत्र दैनिकमा केशवराज पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x