×

NMB BANK
NIC ASIA

विराटनगरमा सत्तारुढ गठबन्धनका असन्तुष्टहरूको छुट्टै ‘स्वतन्त्र गठबन्धन’

बैशाख १९, २०७९

NTC
Premier Steels

वडा तहसम्म गठबन्धन नभएपछि विराटनगर महानगरपालिकामा ५ दलीय गठबन्धनभित्र समस्या देखिएको छ ।

Muktinath Bank

सत्तारुढ गठबन्धनको गाँठो खुकुलो हुँदै जान थालेपछि विद्रोह गरेर बाहिरिएकाहरूको मोर्चाबन्दी बलियो बन्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आ–आफ्नो दल त्यागेर स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका मेयर, उपमेयर, वडाध्यक्ष लगायत उम्मेदवारहरू एउटै चुनाव चिह्न रोज्नेदेखि एकअर्कालाई सघाउने तहसम्म सहकार्य गरिरहेका छन् । गठबन्धनमै रहेका माओवादी र नेकपा एकीकृत समाजवादी भने काग्रेससँग रुष्ट छन् । वडा तहसम्म कांग्रेसले गठबन्धन गर्न नमानेको भन्दै नेकपा माओवादी केन्द्र महानगर कमिटी सचिव नमिता न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएकी छन् ।


Advertisment
Nabil box
Kumari

जनता समाजवादी पार्टी परित्याग गरेर उमेश यादवले मेयरमा उम्मेदवारी दिएका छन् । ५ दलीय सत्ता गठबन्धनका दलहरू त्यागेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई महानगरमा गठबन्धनकै बागी उम्मेदवार भन्ने गरिएको छ ।

Vianet communication

बागी उम्मेदवारहरू गठबन्धनका लागि टाउको दुखाइ बनेका छन् । महानगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । प्रमुख र उप्रमुखमा गठबन्धन भए पनि महानगरको वडामा सबैको छुट्टाछुट्टै उम्मेदवारी छ । वडामा भागबण्डा गर्न कांग्रेस तयार नभएको भन्दै माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलले आ–आफ्नो उम्मेदवार उठाएका छन् ।

कांग्रेस विराटनगर सभापति दिपक चापागाईले महानगरका वडामा कांग्रेसले कसैसँग तालमेल नगर्ने भनेर प्रस्ट पारेको बताए । उनले केन्द्रको गठबन्धन अनुसार गठबन्धनमा रहेका दलहरूले मतदान गर्नुपर्ने बताए ।

गठबन्धनका मुख्य २ घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मेयर/उपमेयरमा आफ्नो उम्मेदवार नभएको र वडामा गठबन्धन नभएको भन्दै कांग्रेससँग रुष्ट छन् । गठबन्धन भए पनि गठबन्धन भित्रका दलहरूले संयुक्त चुनावी अभियान समेत सञ्चालन गर्न सकेका छैनन् । कांग्रेसले मेयर र जसपा उपमेयरसहित वडा उम्मेदवारका लागि भोट मागिरहेको छ । माओवादी र नेकपा एकीकृत समाजवादी भने वडाका उम्मेदवारका लागि भोट मागिरहेका छन् । 

‘कांग्रेसले सँगै चुनावी अभियानमा बोलाएको छैन,’ माओवादी केन्द्रका एक नेताले भने, ‘कांग्रेस र जसपाले नखोजे पछि हामी आफैं गएर खोज्ने कुरा पनि भएन ।’ एकीकृत समाजवादीका एक नेता पनि कांग्रेसको दम्भले समस्या आएको बताउँछन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला चुनावी अभियानमा कांग्रेस कार्यकर्ता मात्रै लिएर हिँडिरहेका छन् । प्रतिबद्धतापत्र पनि एक्लै बनाएर सार्वजनिक गरेका छन् । उपमेयर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवपुत्र अमरेन्द्र पनि जसपाको मात्रै सहयोग लिएर घरदैलो अभियानमा छन् ।

जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेर मेयरका उम्मेदवार बनेका उमेश यादव र माओवादी केन्द्रबाट राजीनामा बुझाएर उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपाने सहितका स्वतन्त्रहरू एउटै चुनाव चिह्नसहित चुनावी मैदानमा होमिएका छन् ।

सार्वजनिक रूपमा उनीहरूले मोर्चाबन्दी गरेको घोषणा नगरे पनि चुनावी अभियान अघि बढ्दै जाँदा उनीहरू सहकार्य गर्ने तहमा पुगेका छन् । गत चुनावमा मेयर र उपमेयरका प्रत्यासी रहेका उमेश र नमिता यसपटकको चुनावमा पनि सहकार्य गर्ने तहमा पुगेका छन् ।

स्वतन्त्रहरूबीच आपसमा सघाउने सहमति भई नसके पनि त्यो सम्भावना जीवितै रहेको यादव बताउँछन् । विराटनगरमा गठबन्धनभित्र पनि महागठबन्धन हुने आकलन गर्न थालिएको छ । 

महानगरमा अब त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था आएको छ । गठबन्धनबाट नागेश–अमरेन्द्रको जोडी, नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की अनि स्वतन्त्रबाट उमेश र नमिता न्यौपानेको टीमले महानगरमा प्रतिस्पर्धा गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x