×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

एकै गाउँबाट झरेका भट्टराई र पाण्डेबीच बुटवलमा महाभिडन्त

बैशाख १९, २०७९

NTC
Premier Steels

एकातिर सत्तारुढ गठबन्धन सहितका मुख्य दलको मोर्चाबन्दी, अर्कोतिर नेकपा एमाले एक्लै मैदानमा । यसरी राष्ट्रिय राजनीतिमै प्रभाव पार्न सक्ने बुटवल उपमहानगरपालिकाको निर्वाचन प्रतिस्पर्धा रोचक बन्दैछ ।

Muktinath Bank

स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुटवलको मेयरमा ९ जनाले उम्मेदवारी दिएका छन् तर मुख्य प्रतिस्पर्धा एमालेबाट मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराई र गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेबीच हुनेछ ।


Advertisment
Nabil box
Kumari

भट्टराई र पाण्डे स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट बुटवल झरेको व्यक्ति हुन् । भट्टराई कालीगण्डकीको ४ नम्बर वडा र पाण्डे २ नम्बर वडाबाट २०३५ सालतिर बुटवल झरेका थिए । 

Vianet communication

अझै रोचक गठबन्धनबाट उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ पनि स्याङ्जाबाट बुटवल झरेर राजनीतिमा होमिएका व्यक्ति हुन् । एमालेले उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ भने नेकपा एकीकृत समाजवादीका नेता गुरुङलाई गठबन्धनले उपमेयरको साझा उम्मेदवार बनाएको छ ।

मेयरमा गाउँले र उपमेयरमा पूर्वसहयात्री बीचको प्रतिस्पर्धाले बुटवलको स्थानीय तह निर्वाचनलाई कम रोचक छैन । बुटवलको नेतृत्व गर्न गठबन्धन गरेर पाण्डे र एमाले नेता भट्टराई एक्लै चुनावी मैदानमा होमिएको छन् । 

बुटवलमा २०५६ सालपछिका स्थानीयदेखि संसदीय निर्वाचनमा एकछत्र ‘राज’ गर्दै आएको एमालेले यसपटक, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतका सत्तारुढ दललाई एक्लै ‘फेस’ गर्नुपर्ने भएको छ । कांग्रेसले पनि गठबन्धन भएको मौकामा एमालेको किल्ला भत्काउने दाउ हेरेको छ तर मेयरका उम्मेदवार पाण्डे बुटवललाई एमालेको गढ भन्ने कुरा स्वीकार गर्दैनन् ।

‘बुटवल एमालेको गढ कसरी हुन्छ ?’ पाण्डेले भने, ‘२३ सय मतले म गत निर्वाचनमा पराजित भएको ठाउँमा कसरी गढ हुन्छ ? २३ सय मत भनेको त १२ सय मत यताउता हुँदा नतिजा उल्टिने अवस्था हैन र ? मैले गढ भन्दिनँ । गत निर्वाचनमा हाम्रा प्राविधिक त्रुटिहरू थिए ।’ 

पाण्डे गत निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीसँग पराजित भएका हुन् । सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । सुवेदी र पाण्डेको मतान्तर २ हजार ३९८ थियो । उपमेयरमा एमालेकी गुमादेवी आचार्य र माओवादी केन्द्रका जगतबहादुर पोखरेलको भने १० हजारभन्दा बढी मतान्तर थियो ।

आचार्यले २५ हजार ३०१ मत ल्याउँदा पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । १९ वडा रहेको बुटवलमा १४ वडामा एमाले र ४ वडामा कांग्रेसले जीत निकालेको थियो भने माओवादीले एउटा वडा पनि  जित्न सकेको थिएन ।

२०५६ र ०७४ सालको स्थानीय निर्वाचन जितेको एमाले आफ्ना उम्मेदवार भट्टराईलाई जिताएर बुटवलमा ‘ह्याट्रिक’ गर्ने रणनीतिका साथ लागेको छ । पाण्डे सत्ता गठबन्धनको बलबाट बुटवलमा एमाले किल्ला भत्काउन चाहन्छ तर गठबन्धनलाई बुटवलमा एमालेको शक्ति भत्काउन त्यति सहज भने छैन । किनभने ५ वर्षअघि पनि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा पनि एमाले एक्लै मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो । बुटवल नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो । 

पौडेलले बुटवलबाटै २०६४, २०७० र २०७४ सालको संसदीय निर्वाचन जितेका छन् । कांग्रेस विगत २२ वर्षदेखि बुटवलमा दह्रो गरी कहिल्यै उभिन सकेको छैन । २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई पनि साविक रुपन्देही क्षेत्र नम्बर ४ (हाल २) बाट लडेका थिए । एसएलसीमा बोर्ड फस्ट भट्टराई रुपन्देहीको चुनावमा तेस्रो हुन पुगेका थिए ।

बुटवल नगरको ३ कार्यकाल सभापति रहेका पाण्डेले मेयर लड्न १ वर्ष अघिदेखि नै चुनावी रणनीति बनाएर थिए । यसपटक पाण्डेलाई जित्नैपर्ने दबाब छ भने भट्टराईलाई एमाले किल्ला जोगाउनुपर्ने चुनौती छ । १९ वडा रहेको बुटवलमा अहिले २४ हजार मतदाता थपिएका छन् । गत निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ मतदाता पुगेका छन् ।

एमालेमा आएको विभाजनले मतदाताहरू केही घटे पनि त्यो नेकपा एमालेले अस्वीकार गर्दै आएको छ । एमाले उम्मेदवार भट्टराईले आफूले निर्वाचित भएर बुटवललाई बदल्ने दाबी गरे । बलियो संगठन, इमान्दार र जुझारु कार्यकर्ता रहेका कारण आफूले जित्ने भट्टराई बताउँछन् ।

बुटवलको सुकुम्बासी समस्या, ज्योतिनगर पहिरोदेखि साना व्यवसायीका सबै समस्याहरू समाधान गराउन नगरवासीले यसपटक आफूलाई रोज्ने पाण्डेको दाबी छ ।

भट्टराईले १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । फलस्वरूप २०३६ सालदेखि उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । लामो समय व्यवसाय क्षेत्रमा रहेर काम गरेका उनी पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।

नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष भट्टराईसँग पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर काम गरेको अनुभव छ । उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् ।

सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरू बताउँछन् । भट्टराई राष्ट्रियसभा सदस्य गोपाल भट्टराईका सहोदर भाइ हुन् । भट्टराईको घर बुटवल–६ मा छ । 

बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेले कांग्रेसभित्र पनि लोभलालचरहित, सामान्य परिवार, सरल तथा प्रस्ट वक्ताको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डे बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको बताउँछन् । पाण्डे बुटवल–८ सुक्खानगरमा भाडाको घरमा बस्दै आएका छन् ।
 
गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंकगणितको आधारमा जित्ने पाण्डेको आत्मविश्वास छ । ‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनाव जित्छु,’ पाण्डेले भने, ‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वयन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन,’ उनले भने ।

आफूहरूको अस्तित्व स्वीकार नगरेको भन्दै सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेपालले बुटवलमा मेयर/उपमेयर दुवैमा उम्मेदवारी दिएको छ ।

चुनावको गणित र जनताले एमालेलाई नै रोज्ने एमालेकी उपमेयरकी उम्मेदवार सावित्रा अर्यालले बताइन् । गठबन्धनबाट उपमेयरका उम्मेदवार गुरुङले बुटवलका जनताले परिवर्तन खोजेकाले गठबन्धन गरेर चुनावमा होमिएको बताए ।

बुटवल पहाडी जिल्लाको बसाइसराइको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै २ लाख छ । एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने गठबन्धन एमालेको किल्ला तोड्न चाहन्छन् । बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x