कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पोखरेलले आफू सिंहभन्दा सिनियर भएको र एक महिनाअघि मात्रै एआईजी भएका सिंहलाई आईजी नियुक्त गरेको भन्दै आफ्नो पक्षमा परमादेश माग गर्दै रिट दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पोखरेलको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको छ । गृह मन्त्रालयले आईजीपीका लागि गरेको सिफारिसमा पोखरेल पहिलो नम्बरमा र सहकुल थापा दोस्रो नम्बरमा थिए । आइतबार सरकारले तेस्रो नम्बरका सिंहलाई महानिरीक्षक बनाएको थियो । एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रूपमा काम गर्न दिनुपर्ने मागदाबीसमेत गरेका छन् ।
‘मेरै सुपरीवेक्षण, नियन्त्रण र निर्देशनमा रहेको र मैले नै कार्यसम्पादन मूल्यांकन गरेको निज विपक्षी मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णयको कारण मेरै सुपरीवेक्षक बन्ने, मैले कमान्ड गरेको व्यक्तिको कमान्डमा निजभन्दा वरिष्ठ व्यक्ति म रहनुपर्ने पीडादायी परिस्थितिको सिर्जना गरिदिएको छ,’ पोखरेलले दायर गरेको रिटमा भनिएको छ ।
मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णयले सम्पूर्ण सुरक्षा संरचनाको मूल्यमान्यता समाप्त गर्ने र मनोबल गिराउने दिशातर्फ उन्मुख रहेको रिटमा उल्लेख छ । ‘यी सबै तथ्यहरू र कार्यशुलता, कार्यक्षमता र नेतृत्व क्षमतासमेतको आधारमा म निवेदक विपक्ष धीरजप्रताप सिंहभन्दा धेरै अब्बल र उत्कृष्ट रहेको छु,’ उनले रिटमा भनेका छन् ।
धिरजप्रतापलाई आईजीपी बनाउने सरकारको निर्णय बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्य क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, नेतृत्व अनुभव, कार्यसम्पादन मूल्यांकनसमेतका आधारमा आफू आईजीपी हुनुपर्ने पोखरेलको दाबी छ ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार प्रहरी महानिरीक्षकमा बढुवा गर्दा ६ वटा मापदण्डका आधारमा गरिने उल्लेख छ । ज्येष्ठता, कार्यकुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा तल्लो दर्जालाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य हुनुपर्ने नियमावलीमा उल्लेख छ । राजधानी दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...