×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगले ३७ जनालाई सोध्यो स्पष्टीकरण

बैशाख २२, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानसम्मलाई स्पष्टीकरण  सोधेको छ।

Muktinath Bank

बिहीवारसम्म ३७ जना व्यक्ति तथा राजनीतिक दललाई निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  पत्रकार सम्मेलनमा जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई   २४ घण्टा भित्र जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ । 


Advertisment
Nabil box
Kumari

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित अग्निपीडितको स्थलगत अवस्था बुझ्न जाँदा प्रति परिवार ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेपछि मुख्यमन्त्री भट्टलाई स्पष्टीकरण सोधिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

Vianet communication

त्यसैगरी निर्वाचन पर्यवेक्षण समितिका प्रदिप पोखरेललाई पनि स्पष्टीकरण सोधिएको छ। 

निर्वाचन आयोगका आयुक्त र म्यादी प्रहरीका विषयमा दिएको अभिव्यक्तिका विषयमा उनलाई स्पष्टीकरण सोधिएको प्रवक्ता पौडेलको भनाइ छ।

आयोगले रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष पदका उम्मेदवार दुर्गानन्द चौधरीले मत प्रभावित गर्न एक महिला लाई २ हजार नगद दिएको तथा अर्को व्यक्तिलाई पाइप दिएको उजुरी परेपछि स्पष्टीकरण सोधेको छ।

यस्तै काठमाडौं महानगरमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले अर्को प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा दिएको अभिव्यक्तिलाई लिएर २४ घण्टा भित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण सोधिएको पौडेलले जानकारी दिए ।

त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट दिएको विषयमा समेत स्पष्टीकरण सोधिएको पौडेलले बताए।

त्यसै गरी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रचार प्रसारमा खटिएको हुनाले स्पष्टिकरण सोधिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरप्रमुख वासुदेव घिमिरे पनि एमालेको प्रचार प्रसारमा खटिएको भन्दै स्पष्टीकरण सोधिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x