×

NMB BANK
NIC ASIA

खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार

बैशाख २४, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ ।

Muktinath Bank

उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

म्याग्दीका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका मालिका–४ स्थित खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत मागेका छन् ।

Vianet communication

अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेका रोकाले बताए ।

आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उनको भनाइ छ । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको उनले बताए । मालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मतदाताको सुझाव समेत लिने गरेको उनले जानकारी दिए ।

आफ्नो चुनावी घोषणापत्र भए पनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने रोकाले बताए ।

एमालेको तर्फबाट रघुगंगा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की ‘दीपक’ले पनि मकैबारीमा पुगेर मतदातालाई भेटेका छन् । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरूको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उनले बताए । बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुशी भएका छन् ।

कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । 

कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट बेनी नगरपालिकाका प्रमुख र उपप्रमुखका  उम्मेदवार चिरञ्जीवी शर्मा र ज्याति लामिछाने पनि खेतबारीमा काम गरिरहेका किसान, मजदुर र वनजंगलमा गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् ।

बेनी नगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार सुरत केसी पनि घरघरमै पुगेर मतदातालाई भेटघाट गर्न व्यस्त छन् । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उनले बताए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट बेनी  नगरपालिकाका प्रमुखका उम्मेदवार चिरञ्जीवी शर्मा र उपप्रमुखका उम्मेदवार ज्योति लामिछानेले नगरपालिकाका १० वटै वडामा घरदैलो गरिरहेका छन् ।

घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x