असार १६, २०७९
सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद ...
काठमाडाैं | बैशाख २६, २०७९
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरूको कार्यशैलीको अडिट हुनुपर्ने बताएका छन् ।
कानून दिवसको अवसरमा मन्त्री शर्माले न्यायाधीशहरूको कार्यशैलीको विषयमा राज्यले अडिट गर्नुपर्ने बताएका हुन् ।
'न्यायाधीशहरूको नियुक्तिको विषयदेखि कार्यसम्पादनसम्मको अडिट हुनुपर्छ,' उनले भने, 'त्यो अडिटको काम न्याय परिषद्ले गर्नुपर्छ ।'
कार्यसम्पादनकै आधारमा ऊ रहने, नरहने, अगाडि बढ्ने, पछाडि हट्ने यो सबै कुरा त्यहीँबाट तय गरिनुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार रहेको उनले बताए ।
अब कानून व्यवसायको प्रमाणपत्र बोकेकै आधारमा न्यायाधीशको नियुक्ति नगरिने पनि उनले स्पष्ट पारे । अदालतले बेञ्चको समय बढाउने हो भने सरकार अतिरिक्त पैसा दिन तयार रहेको समेत उनले बताए ।
गोष्ठीमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् ।
कानून व्यवसाय गर्दै आएकामध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने उनले बताए । सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोलाप्रथामा कुनै शंका नगर्न आग्रह गरेका थिए ।
सर्वोच्च अदालतमा समस्याको भण्डार नै रहे पनि क्रमशः सुधारका कामहरू भइरहेको कार्कीले बताएका थिए ।
सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको ...
राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ । राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ सहसचिवको सरुवा गरेको छ । असार १३ गतेको निर्णयले सहसचिवहरूको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रघुराम विष्टले लोकान्तरलाई जानकार...
जुम्ला जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालतमा काजमा तानिएका छन् । साउनको पहिलो हप्ता रिटायर हुने सिंहले विदा नबसी मनपरी फैसला गर्न थालेपछि सर्वोच्च अदालतमा काजमा ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...