×

NIC ASIA

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउँदै, यस्तो छ कार्यतालिका

जेठ २, २०७९

Prabhu Bank
NTC
Premier Steels

बुद्ध जयन्तीको अवसर पारेर सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन् ।

Muktinath Bank

मोदी भ्रमणलाई लक्षित गरेर लुम्बिनीमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने मायादेवी मन्दिर परिसर र अन्तर्राष्ट्रिय ध्यान केन्द्रलाई विशेष रूपले सजाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक सांस्कृतिक भ्रमणको सिलसिलामा सोमवार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आउन लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Vianet communication

भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले स्वागत गर्ने कार्यक्रम छ ।

भारतीय सरकारका तर्फबाट अहिले हुन लागेको सांस्कृतिक भ्रमण ऐतिहासिक भएकाले पनि लुम्बिनी अहिले अन्तर्राष्ट्रिय चासोमा परेको छ । भारतीय चक्रवर्ती सम्राट अशोक, राजा कनिस्को र हर्षबद्र्धन पछिको ऐतिहासिक भ्रमण भारतीय प्रधानमन्त्री मोदीबाट हुँदैछ । 

कोषका उपाध्यक्ष शाक्यपुत्र भिक्षू मेत्तैयाका अनुसार लुम्बिनीमा छिमेकी मुलुकबाट धेरै वर्षपछि विशिष्ट र ऐतिहासिक भ्रमण हुँदैछ । बौद्ध विचारलाई अझ विश्वव्यापीकरण गर्न मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीको भ्रमण एउटा कडी हुने भिक्षू मेत्तैयाको भनाइ छ ।

लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि विशिष्ट सांस्कृतिक भ्रमण महत्त्वपूर्ण कडी हुने र लुम्बिनी तीर्थस्थल मात्रै होइन, बौद्धमार्गीको स्थल मात्रै होइन र अन्तर्राष्ट्रिय केन्द्र पनि हो भन्ने कुराको बोध गराउन पनि यसप्रकारका भ्रमणले मद्दत गर्ने उनले बताए । 

लुम्बिनीको गुरुयोजना अनुरूपका काम पनि पूरा हुने चरणमा रहेको र लुम्बिनीमै अन्तर्राष्ट्रिय ध्यान केन्द्र समेत निर्माण भएको अवस्थामा मोदीको उच्चस्तरीय सांस्कृतिक भ्रमण हुन लागेको छ । 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भारतका प्रधानमन्त्री मोदी सोमवार बिहान ११ बजे हेलिकप्टरबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ ।

कोषको गुरुयोजनामै रहेको हेलिप्याड अहिले तयार भएका छन्, अन्तर्राष्ट्रिय ध्यान केन्द्रको नजिकै रहेको हेलिप्याडमा ओर्लने कार्यक्रम छ । त्यहाँ नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवाले स्वागत गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x