०१ साउन २०८३, शुक्रबार

सिराहाको धनगढीमाई नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

सिराहाको धनगढीमाई नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

सिराहाको धनगढीमाई नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ ।

यस नगरपालिकामा एमालेका शिव शंकर महतोले ७ हजार ५६ मतसहित मेयर पदम निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादवले ६ हजार ९०१ मत ल्याएर पराजित भए । 

सो नगरपालिकामा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए । 

पालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी ६ हजार ६१३ मतसहित निर्वाचित भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी वराल ६ हजार ३७८ मत सहित पराजित भइन् । 

salt training

कमेन्ट गर्नुहोस्