१४ असार २०८३, आइतबार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा : भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण !

जेठ ७, २०७९
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा : भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण !
तस्वीर सौजन्य : राजधानी दैनिक

निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने कसैले आफ्नो गाउँठाउँको विकासमा २४सै घण्टा खट्ने घोषणा गरेका छन् ।

केहीले भने शपथपछि पदभार ग्रहण गर्दै राज्यकोषबाट कुनै प्रकारको तलब सेवा सुविधा नलिने र आपूmले पाउने तलब तथा सेवासुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका छन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । 

उनले आफनो पाँचवर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टाचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका हुन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटोछरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका दुईवटा घण्टा समाती पदभार सम्हालेका हुन् ।

उनले नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, पाँच वर्षको पारिश्रमिकबाट आफ्नो नगरको १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी जाजरकोटको छेडागाडा नगरपालिकाका नवनियुक्त प्रमुख रत्नबहादुर खड्काले पनि पाँचवर्षे कार्यकालको अवधिमा राज्यकोषबाट कुनै प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

उनले आफूले पाउने तलब तथा सेवासुविधा एउटा कोषमा राखेर सो कोषमार्फत अनाथ बालबालिका, गरिब विपन्न नागरिक र द्वन्द्वपीडितलाई सहयोग गर्ने बताए । यसैगरी, प्युठानको झिमरुक गाउँपालिकाका नवनियुक्त अध्यक्ष पीतबहादुर एमसीले पनि आफुले कुनै पनि तलब र सेवासुविधा नलिने घोषणा गरेका छन् । उनले आपूmले पाउने तलब सेवासुविधाको रकम गाउँको शिक्षा र सामाजिक क्षेत्रको विकासमा लगाउने बताए ।

नयाँ जनप्रतिनिधिहरूले सुशासन र भ्रष्टाचार नियन्त्रणमा वास्तविक रूपले नै कति ध्यान दिन्छन् त्यो हेर्न बाँकी छ । यसअघिका स्थानीय तहका कैयौँ जनप्रतिनिधि भ्रष्टाचार काण्डका मुछिएका थिए भने कैयौँलाई भ्रष्टाचार मुद्दासमेत दायर भएको थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्