जेठ १०, २०७९
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
काठमाडाैं | जेठ ७, २०७९
निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने कसैले आफ्नो गाउँठाउँको विकासमा २४सै घण्टा खट्ने घोषणा गरेका छन् ।
केहीले भने शपथपछि पदभार ग्रहण गर्दै राज्यकोषबाट कुनै प्रकारको तलब सेवा सुविधा नलिने र आपूmले पाउने तलब तथा सेवासुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका छन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।
उनले आफनो पाँचवर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टाचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका हुन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटोछरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका दुईवटा घण्टा समाती पदभार सम्हालेका हुन् ।
उनले नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, पाँच वर्षको पारिश्रमिकबाट आफ्नो नगरको १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी जाजरकोटको छेडागाडा नगरपालिकाका नवनियुक्त प्रमुख रत्नबहादुर खड्काले पनि पाँचवर्षे कार्यकालको अवधिमा राज्यकोषबाट कुनै प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
उनले आफूले पाउने तलब तथा सेवासुविधा एउटा कोषमा राखेर सो कोषमार्फत अनाथ बालबालिका, गरिब विपन्न नागरिक र द्वन्द्वपीडितलाई सहयोग गर्ने बताए । यसैगरी, प्युठानको झिमरुक गाउँपालिकाका नवनियुक्त अध्यक्ष पीतबहादुर एमसीले पनि आफुले कुनै पनि तलब र सेवासुविधा नलिने घोषणा गरेका छन् । उनले आपूmले पाउने तलब सेवासुविधाको रकम गाउँको शिक्षा र सामाजिक क्षेत्रको विकासमा लगाउने बताए ।
नयाँ जनप्रतिनिधिहरूले सुशासन र भ्रष्टाचार नियन्त्रणमा वास्तविक रूपले नै कति ध्यान दिन्छन् त्यो हेर्न बाँकी छ । यसअघिका स्थानीय तहका कैयौँ जनप्रतिनिधि भ्रष्टाचार काण्डका मुछिएका थिए भने कैयौँलाई भ्रष्टाचार मुद्दासमेत दायर भएको थियो । राजधानी दैनिकमा खबर छ ।
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...