×

NMB BANK
NIC ASIA

बलात्कारसँग सम्बन्धित कानून संशोधनका लागि सरकारले थाल्यो गृहकार्य

जेठ १०, २०७९

NTC
Premier Steels

यौनजन्य दुर्व्यवहार तथा बलात्कारसँग सम्बन्धित कानून संशोधनका लागि सरकारले गृहकार्य थालेको छ । 

Muktinath Bank

बलात्कारसँग सम्बन्धित कानूनका विषयमा विभिन्न पक्षबाट प्रश्न उठ्न थालेपछि त्यसको संशोधनका लागि सरकारले गृहकार्य थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलात्कारजस्तो गम्भीर मुद्दाको हदम्याद १ वर्ष मात्र कानूनमा राखिएको हुनाले पीडित न्याय प्राप्तिबाट वञ्चित हुने हुँदा उक्त हदम्याद संशोधन हुनुपर्ने जनस्तरबाट आवाज उठेको छ । 


Advertisment
Nabil box
Kumari

संसदमा पनि उक्त विषयले प्रवेश पाएको छ ।  संसदीय समितिले पनि सरकारलाई निर्देशन दिएपछि बलात्कारसँग सम्बन्धित कानूनमा संशोधन गर्न गृहकार्य शुरू गरेको हो । 

Vianet communication

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त कानूनमा संशोधन हुनुपर्ने विषयमा अध्ययन गरेर सुझाव पेश गर्न नेपाल कानून आयोगलाई निर्देशन दिएको छ ।

कानून, न्याय तथा संसदीय मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले बलात्कारको परिभाषादेखि उजुरीको हदम्याद तथा अन्य विभिन्न विषयमा अध्ययन गरेर कानून संशोधनको तयारी भएको जानकारी दिए । 

'बलात्कारको विषयमा दिने उजुरीको हदम्याद मात्र होइन, त्यसको परिभाषादेखि विभिन्न उमेर समूहका विषयमा भएको दण्ड सजाय आदिको विषयमा पनि संशोधन गर्नुपर्ने विषयमा छलफल भइरहेको छ,' गौतमले लोकान्तरसँग भने, 'विभिन्न देशका मौजुदा कानून समेतलाई अध्ययन गरेर सुझाव पेश गर्न कानून आयोगलाई मन्त्रालयले निर्देशन दिएको छ ।' कानून आयोगले दिने सुझावअनुसार ऐन संशोधनका लागि ड्राफ्टको काम थालिने उनले बताए । 

नेपाल कानून आयोगका प्रवक्ता पाराश्वर ढुंगानाले  कानून मन्त्रालयबाट आज (मंगलवार) मात्र पत्र प्राप्त भएको बताए । 

'यौन दुर्व्यवहार, जबर्जस्ती करणीलगायतका विषयमा कानून संशोधन गर्नका लागि अध्ययन गरी अवधारणा पेश गर्न आयोगलाई कानून मन्त्रालयबाट पत्र प्राप्त भएको छ,' उनले लोकान्तरसँग भने, 'अब आयोगले पनि त्यस विषयमा अध्ययन गर्ने कामको शुरुवात गर्नेछ ।' 

कति दिनसम्म अवधारणा पेश गर्नुपर्ने समय किटान भने गरिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x