असार १६, २०७९
पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् । स्पेनको राजधानी मड्रिडमा नेटो स...
युक्रेनमा मस्कोलाई चाँडो नहराएमा सभ्यता जोगाउन नसकिने अर्बपति जर्ज सोरसले बताएका छन् ।
स्विटजरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरममा मंगलवार सम्बोधन गर्दै सोरसले रुस र चीन खुला समाजका सबभन्दा ठूला जोखिम भएको बताए ।
युक्रेनमा रुसले सेना पठाउनु तेस्रो विश्वयुद्धको आरम्भ भएको हुन सक्ने र यसले सभ्यतालाई नै नष्ट गर्न सक्ने सोरसले बताए । त्यहाँ युद्ध सकिए पनि पहिलेको जस्तो स्थिति नआउने उनको भनाइ छ । तर सभ्यताको जगेर्नाका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हार्नु जरूरी भएको उनले बताए ।
एकअर्कासँग विपरीत रहेका खुला र बन्द समाजको शासनप्रणालीको द्वन्द्वका माझ रुसले युक्रेनमाथि आक्रमण गरेको सोरसको भनाइ छ । पश्चिम खुला समाज भएको अनि रुस र चीन बन्द समाज भएको उनले बताए ।
९१ वर्षीय सोरसले सोभियत संघ विघटनको उत्साहपूर्ण दिनको स्मरण गरे । त्यतिबेला उनको सम्पत्तिमा वृद्धि भएर उनले सन् १९८७ मा एक वर्षमै ३० करोड डलर खर्च गरेका थिए । उनले पूर्वी युरोपमा खोलेका प्रतिष्ठानहरू अपेक्षा गरेभन्दा बढी सफल भएका थिए ।
सन् २००१ मा ट्विन टावरमा भएका आक्रमणपछि कुरा बिग्रन थालेको उनको भनाइ छ । अहिले दमनकारी शासकहरू उदाइरहेको र खुला समाज बन्धक बनेको उनले बताए । त्यसमा पनि चीन र रुस सबभन्दा ठूलो जोखिम बनेको उनको भनाइ छ ।
युक्रेनमा भइरहेको युद्धका बारेमा सोरस आशावादी छन् । रुसी सैनिकहरूलाई युक्रेनमा मुक्तिदाताका रूपमा स्वागत पाउने अपेक्षा गरेको भए पनि युक्रेनले अमेरिका र नेटोको सहयोगमा रुसीहरूलाई हराएको उनको भनाइ छ ।
तर युक्रेन द्वन्द्वले वातावरणीय एजेन्डामा अवरोध गरेको अनि यसले गर्दा जलवायु परिवर्तनको असर व्यवस्थापन गर्न नसकिने स्थितिमा पुग्न लागेको उनको भनाइ छ ।
पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् । स्पेनको राजधानी मड्रिडमा नेटो स...
रूस र जर्जियाको दक्षिणी ओसेसियामा सन् २००८ मा भएको युद्धका क्रममा भएका युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी०ले तीन जनालाई पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको बिहीबार जानकारी गराइएको छ ।&...
रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको...
बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको क...
राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिका...
अमेरिकाले बुधवार हवाई राज्यमा रहेको हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण विफल भएको ब्लूमबर्ग पत्रिकाले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै खबर दिएको छ । रक्षा मन्त्रालयले यसको विस्तृत जानकारी दिएन । परीक्ष...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...