×

NMB BANK
NIC ASIA

चन्द्रागिरी–चितवन द्रूतमार्गको प्रारम्भिक अध्ययन भएरै बजेट राखिएको अर्थमन्त्रीको भनाइ

जेठ १६, २०७९

NTC
Premier Steels

अर्थमन्त्री जनार्दन शर्माले चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रूतमार्गको प्रारम्भिक अध्ययन भएरै बजेट राखिएको बताएका छन् ।

Muktinath Bank

सोमवार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक २०७९/८० को बजेटपछिको कार्यक्रममा शर्माले द्रूतमार्गको आवश्यक अध्ययन भइसकेको बताए । यो द्रूतमार्ग निर्माण गर्न सकिने र सहजै कार्यान्वयन हुने आयोजना भएको उनले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चरणमा चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रूतमार्ग निर्माण गर्दै दोस्रो चरणको अध्ययन लगानी बोर्डले शुरू गर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

दोस्रो चरणमा चितवन–रामपुर–बुटवल, चितवन–रामपुर पोखरासम्मको दू्रतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्ने लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने योजना अर्थमन्त्री शर्माले आगामी आवको बजेट वक्तव्यमार्फत उल्लेख गरेका छन् ।

Vianet communication

कार्यक्रममा अर्थमन्त्री शर्माले आगामी वर्ष उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्रवद्र्धन गरेर आयात कम गर्दै जाने नीति लिएको पनि बताए । उनले भने, ‘कति बाहिरबाट ल्याएर खाने ? लौका घिरौलासम्म त नेपालमै उत्पादन हुनुपर्ने र यहीको खानुपर्छ ।’ 

हरेक परिवारले गमलामा रोपेरै आफूलाई पुग्ने खुर्सानी फलाउन सक्ने तथा साग उत्पादनमा जोड दिनुपर्ने पनि शर्माले बताए । 

कृषि उत्पादन बढाउनकै लागि यसअघि जम्मा १५ वर्षलाई मात्रै दिने गरिएको उद्योग खोल्ने जग्गा भाडालाई अब ५० वर्षलाई दिइने भएको छ । यसले उद्योगीको मनोबल बढ्ने र उत्पादन बढाउन केन्द्रित हुने बुझाइ पनि शर्माको छ । 

अर्थ मन्त्रालयले बजेटको बुँदा नम्बर ७२ संशोधन गरेको छ । आगामी आर्थिक वर्षको बजेटको ७२ नम्बर बुँदामा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । यो व्यवस्था बजेट वक्तव्यमा मासिक हुन गएकाले संशोधन गरिएकाे पनि अर्थमन्त्री शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले चालू आवमै कोभिड प्रभावित मजदुरलाई राहत स्वरूप प्रतिपरिवार १० हजार रुपैयाँ दिने व्यवस्था गरेका थिए । नगद दिने कार्यक्रम नेपालमा पहिलो अभ्यास भएकाले एकपक्षले राम्रो र अर्को पक्षले नराम्रो भनेकै कारण कार्यान्वयन पक्ष फितलो भएको पनि बताए ।

कार्यक्रम आंशिक रूपमा मात्रै लागू भएको छ भने पूर्ण कार्यान्वयन चुनावकै कारण गर्न नसकिएको स्वीकार शर्माले गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटभन्दा सबैको ध्यान मेरो गाउँको बाटोमा पर्‍यो वा परेन भन्नेमा भन्ने गरेको तर यो सोचाइ देश विकासमा हुनुपर्ने बताए । ‘बजेट गाउँको बाटो मात्रै होइन, गाउँको रोजगारी पनि हो,’ उनले भने ।

अर्थमन्त्री शर्माले हामीले आगामी आर्थिक वर्षको बजेट हामीसँग भएका स्रोतको अधिकतम प्रयोग गर्दै रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने, आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याएको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x