मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
जेठ १९, २०७९
गत साता हिन्द–प्रशान्त क्षेत्रमा भएका गतिविधिहरूले उक्त क्षेत्रमा चलिरहेको भूरणनीतिक प्रतिस्पर्धाको खतरनाक संकेत दिएका छन् ।
अघिल्लो मंगलवार (मे २४) जापानमा क्वाड मुलुकहरूको शिखर सम्मेलन चलिरहेको बेलामा चीन र रुसका बमवर्षक विमानहरू जापानको हवाई क्षेत्र नजिक पुगेका थिए । चीनको घेराबन्दी गर्नका लागि बनाइएको क्वाडको बैठक चलिरहँदा चीन र रुसले यसरी संयुक्त उडान गर्नु आफैंमा अर्थपूर्ण छ ।
चीनका एच–६ बमवर्षक विमान र रुसका टीयू–९५ विमानहरू जापान सागरमाथि भेट भएर पूर्वी चीन सागरमाथिको क्षेत्रतर्फ उडेका थिए । ती बमवर्षक विमानलाई सुरक्षा दिन लडाकू विमानहरू पनि उडाइएको चिनियाँ अधिकारीहरूले पुष्टि गरे ।
दुई देशका वायुसैन्य विमान जापान सागर, पूर्वी चीन सागर र पश्चिमी प्रशान्तमाथि उडेको बताइएको छ ।
सन् २०१९ पछि चौथोपटक चीन र रुसले यस्तो संयुक्त गश्ती गरेको चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छ्यानले बताए । चीन र रुसका वायुसेनाको सहकारवाही (इन्टरअपरेबिलिटी) को परीक्षण तथा स्तरोन्नतिको लक्ष्यका साथ गश्ती गरिएको उनको भनाइ छ । त्यससँगै दुई देशका सेनाबीच रणनीतिक पारस्परिक विश्वास तथा व्यावहारिक सहकार्यलाई थप गति दिने लक्ष्य पनि यसबाट पूरा भएको वुले बताए ।
चीन र रुसबीच औपचारिक सैन्य साझेदारी नगरिएको अवस्थामा यसरी सहकारवाहीको प्रयास हुनुले ठूलो सन्देश बोकेको छ ।
त्यसो त बेइजिङ शीतकालीन ओलम्पिकको पूर्वसन्ध्यामा चीनका राष्ट्रपति सी चिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको संयुक्त वक्तव्यमा दुई देशबीचको मित्रतामा कुनै सीमा नरहेको र सहकार्यका कुनै पनि प्रतिबन्धित क्षेत्रहरू नरहेको उल्लेख थियो । त्यसले दुई देशबीच विधिवत भन्दा पनि वस्तुगत सैन्य साझेदारी रहेको स्पष्ट पारेको थियो ।
आफूहरूको द्विपक्षीय रणनीतिक सहकार्य तेस्रो पक्षका विरुद्ध लक्षित नरहेको भनी संयुक्त वक्तव्यमा उल्लेख गरेको भए पनि अमेरिका दुवै मुलुकको साझा जोखिम भएको र त्यसलाई मिलेर प्रतिकार गर्नुपर्ने उनीहरूको सोच देखिन्छ । रुससँगको सम्बन्ध सुमधुर रहेमा आफूमाथि अमेरिकाले गर्ने गरेको अवाञ्छित निगरानी हट्ने अपेक्षा चीनले गरेको छ ।
हुन पनि युक्रेन द्वन्द्वका कारण अहिले अमेरिकाको बढी ध्यान रुसतर्फ केन्द्रित भइरहेको छ । तर युद्धको तीन महिना बितिसक्दा टुंगो लाग्ने कुनै लक्षण नदेखिएपछि अमेरिकाले पुनः आफ्नो कठोर निगरानी चीनतर्फ तेर्स्याउन थालेको बुझिन्छ । त्यसैक्रममा आफ्ना सहयोगी तथा साझेदार मुलुकहरूको समूह क्वाडको शिखर सम्मेलनमा अमेरिका उत्साहपूर्वक सहभागी बनेको थियो ।
त्यस घेराबन्दी प्रयासको सशक्त प्रतिकार गर्ने सन्देश दिनका लागि रुससँग मिलेर चीनले अमेरिकाका राष्ट्रपति जो बाइडन जापानमै भएको बेलामा संयुक्त वायुसैन्य गश्ती गरेको हो । रुस पनि उत्साहका साथ चीनसँगको सैन्य गश्तीमा सहभागी हुनमा जापानसँगको बढ्दो चिसो सम्बन्ध प्रमुख कारण हो । युक्रेन युद्ध शुरू भएपछि जापानले रुसविरुद्ध देखाएको आक्रामक व्यवहार तथा दुई देशबीचको लामो समयदेखिको कुरिल टापु स्वामित्व विवाद चर्किने स्थिति आएपछि जापानलाई रणनीतिक सन्देश दिन रुस उत्सुक भएको हो ।
पढ्नुहोस् यो पनि :
![]() | रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत |
चीन र रुसले संयुक्त गश्ती गरेको भोलिपल्ट बुधवार (२५ मे) जापान र अमेरिकाका वायुसेनाले संयुक्त रूपमा जापान सागरमाथि लडाकू विमान उडाएका थिए । त्यसक्रममा चारवटा अमेरिकी एफ–१६ लडाकू विमान र चारवटा जापानी एफ–१५ विमान उडाइएको थियो ।
दुई देशका सेनाबीचको संयुक्त क्षमतालाई पुष्टि गर्न तथा साझेदारीलाई थप बलियो बनाउन यो संयुक्त उडान गरेको जापानको सेल्फ डिफेन्स फोर्सले बयान जारी गरेर जानकारी दिएको थियो ।
त्यही छेको पारेर उत्तर कोरियाले पनि (मे २५मा) तीनवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । उत्तरले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र सहितका क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीप र जापानबीच रहेको समुद्रमा खसाएको थियो । ती क्षेप्यास्त्रहरू जापानको सार्वभौम आर्थिक जलक्षेत्रबाहिरै खसेका थिए ।
जापान र अमेरिकालाई तर्साउनका लागि रुस, चीन र उत्तर कोरियाले नियोजित रूपमा एकै समयमा कारवाही चलाएको दाबी गर्न सकिँदैन । तर एसिया टाइम्समा एन्ड्रु साल्मोनले लेखेअनुसार, यी तीनै देशको गतिविधि एउटै समयमा हुनुलाई दैवसंयोग मात्र पनि मान्न सकिन्न ।
त्यसै पनि हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी प्रभुत्वलाई कमजोर बनाउने अभीष्ट यी तीनै मुलुकले राखेका छन् । त्यस अभीष्टलाई साकार बनाउनका लागि सी र पुटिनलाई किम जोङ–उनको क्षेप्यास्त्र परीक्षणले सहायता गरिरहेको छ ।
चीनलाई एक्ल्याउन खोज्दा उसले उत्तर कोरियारूपी रणनीतिक अस्त्र प्रयोग गरेर पूर्वी एसियालाई अशान्त बनाउने डर अमेरिका र जापानले लिने गरेका छन् । हुन पनि उत्तरको यस कदमपछि अमेरिकी सेनाको हिन्द–प्रशान्त कमान्डले एक विज्ञप्ति जारी गरेर अवैध हतियार कार्यक्रमले सिर्जना गरेको अस्थिरतालाई क्षेप्यास्त्र प्रक्षेपणले उजागर गरेको बतायो ।
उत्तरको यस कदमको जवाफ फर्काउनका लागि जापान र अमेरिकाका वायुसेनाले संयुक्त उडान गरे ।
उता दक्षिण कोरिया र अमेरिकाले बेग्लाबेग्लै क्षेप्यास्त्र कोरियाली प्रायद्वीपसँगै रहेको सागरमा प्रहार गरेर पनि जवाफी सन्देश दिए । उत्तेजक शक्तिको केन्द्रमा पुगेर प्रहार गर्ने आफूहरूको सेनाको क्षमता र तयारीलाई यस प्रहारले समुचित सन्देश दिने दक्षिण कोरियाको सर्वोच्च सैन्य निकाय जोइन्ट चीफ्स अफ स्टाफ (जेसीएस) ले जनायो ।
उसको संकेत उत्तर कोरियातर्फ थियो । दक्षिणमा यून स्योक–यूल राष्ट्रपति बनेपछि उत्तरविरुद्ध कठोरता देखाइन थालेको सन्दर्भमा सेनाको यो बयान अर्थपूर्ण छ । त्यससँगै दक्षिण कोरियाको वायुसेनाले ‘हात्ती चाल’ अर्थात् धावनमार्गमा ३० वटा जति एफ–१५के लडाकू विमान राखेर शक्तिप्रदर्शन पनि गरेको जेसीएसले जनाएको छ ।
यस्तो परिस्थिति विकसित हुँदै जाँदा कतै हिन्द–प्रशान्त क्षेत्रमा विपरीत दुई ध्रुवका त्रिपक्षीय शक्तिहरूको भिडन्त त हुने हैन भनी आशंका गर्न थालिएको छ । दक्षिण कोरियाका सेवानिवृत्त सैन्य अधिकृत चुन इन–बुमले एसिया टाइम्ससँग कुरा गर्दै एकातिर दक्षिण कोरिया, जापान र अमेरिका अनि अर्कातिर चीन, उत्तर कोरिया र रुसबीचको भिडन्तको परिस्थिति निर्माण हुनु अनिष्टको संकेत भएको बताएका छन् ।
वास्तवमा अमेरिकाले चीनको घेराबन्दी गर्नका लागि क्वाड र अकस जस्ता बहुपक्षीय साझेदारीका साथै अस्ट्रेलिया, जापान र दक्षिण कोरियासँग द्विपक्षीय साझेदारीलाई पनि बलियो बनाउन थाल्दा चीन त्यसको प्रतिकार गर्न बाध्य भइरहेको छ । त्यसैले औपचारिक सैन्य साझेदारी नभए पनि चीन र रुसले संयुक्त वायुसैन्य गश्ती गरिरहेका छन् भने उत्तर कोरियाले यही बेलामा लगालग क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ।
पछिल्लो परीक्षणपछि उत्तर कोरियाविरुद्धको प्रतिबन्धलाई बलियो बनाउनका लागि अमेरिकाले तयार पारेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई रुस र चीनले भिटो लगाएर पारित हुन नदिएको तथ्य पनि स्मरणीय छ ।
हिन्द–प्रशान्त क्षेत्रमा विकसित भइरहेको अमेरिकाविरोधी तथा अमेरिकासमर्थक ध्रुवीकरणले क्षेत्रीय अस्थिरता बढाउने सुनिश्चित छ ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् । २०६४ सालयत...
विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनका राष्ट्र प्रमुखहरूबीच भएको महत्त्वपूर्ण भेटवार्ताले विश्व तरंगित बनेको छ । एकले अर्काको अस्तित्व सहर्ष स्वीकार गर्न तयार नहुने अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्...
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...