×

NMB BANK
NIC ASIA

संगीतका कुरा

'न बिर्सें तिमीलाईदेखि ओए काजल'सम्म: रेकर्ड भएको महिनौंसम्म किन रिलिज भएनन् ‘चाइल्ड भर्जन’ ?

जेठ २४, २०७९

NTC
Premier Steels

चर्चित गीतहरूलाई विभिन्न भर्सनमा ल्याउने लहर नै चलेको छ । त्यसमा पनि ‘चाइल्ड भर्सन’ प्राथमिकतामा पर्ने गरेको छ ।

Muktinath Bank

विभिन्न प्लेटफर्ममार्फत थुप्रै बालप्रतिभाहरू अगाडि आइरहेको हुँदा उनीहरूको स्वरमा चर्चित गीतको चाइल्ड भर्सन ल्याउने लहर देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फुटबुट्टे सारी’देखि ‘फोटो फिरिममा’सम्म चाइल्ड भर्सनमा सार्वजनिक भैसकेका छन् । तर, यसअघि हिट भएका केही गीत छन्, जसको चाइल्ड भर्सन रेकर्ड र भिडियो समेत छायांकन भएको महिनौं बितिसक्दा पनि सार्वजनिक भएका छैनन् । 


Advertisment
Nabil box
Kumari

डेढ दशकअघिको निकै हिट गजल गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई गीतकार विपिन किरणले चार महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक गरे ।

Vianet communication

रचनासँगै यो गीत चाइल्ड भर्सनमा पनि ल्याउने तयारी थियो । चाइल्ड भर्सनका लागि बालगायक सुप्रिम मल्ल ठकुरीले स्वर दिए । ‘रचना भर्सन’सँगै सुप्रिमले स्वर दिएको ‘चाइल्ड भर्सन’को भिडियो छायांकन एकैपटक गरिएको थियो । तर, रचनाले स्वर दिएको गीत सार्वजनिक भएको महिनौं हुँदा सुप्रिमले स्वर दिएको चाइल्ड भर्सन भने सार्वजनिक हुन सकेको छैन । 

त्यस्तै, झण्डै दुई वर्षअघि सार्वजनिक भएर निकै चर्चित बनेको गीत हो, ‘ओए काजल’ । यो गीतमा चक्र बमको शब्द, संगीत, स्वर एवं अभिनय छ । चक्रले यो गीत पनि चाइल्ड भर्सनमा ल्याउने तयारी गरेको महिनौं भैसकेको छ । सुप्रिम मल्ल ठकुरीको स्वरमा रेकर्ड भएको चाइल्ड भर्सनको भिडियोको छायांकन समेत साढे तीन महिनाअघि नै गरिएको थियो । 

‘तपाईंहरूले अत्यन्त रुचाउनुभएको ओए काजल गीतको चाइल्ड भर्सनको सुटिङ सम्पन्न गरेका छौं,’ चक्र बमले तीन महिनाअघि नै फेसबूकमा लेखेका थिए, ‘साना नानीबाबुको हौसला र प्रोत्साहनमा सानो प्रयासलाई स्वीकारिदिनुहोला ।’ तर ‘ओए काजल’को चाइल्ड भर्सन आजसम्म सार्वजनिक भएको छैन । 

एक वर्षअघि सार्वजनिक ‘रेलको बाटो’लाई पनि स्रोता दर्शकले निकै रुचाए । यो गीतको चाइल्ड भर्सन नयाँवर्षमा सार्वजनिक गर्ने मोडल जीबी चिरन (चिरञ्जिवी सापकोटा)ले जनाएका थिए । सुप्रिम मल्ल ठकुरीकै स्वरमा गीतको चाइल्ड भर्सन रेकर्ड गरिएको थियो । तर, यो गीतको चाइल्ड भर्सन पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

ढिलाइको कारण के हो ?

रचना रिमालको स्वरमा सार्वजनिक ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ले विवादका कारण चर्चा प्रशस्तै पायो, तर युट्युबमा भ्युज भने अपेक्षित पाउन सकेन ।

कुनै समय निकै चर्चित भएको गीत अहिले नयाँ गायिकाको स्वरमा सार्वजनिक हुँदा अपेक्षित भ्युज नपाएकाले पनि चाइल्ड भर्सन ल्याउनमा ढिलाइ गरेको अनुमान गर्न सकिन्छ । त्यसमाथि पछिल्लो समय युट्युबमा म्युजिक भिडियोले अपेक्षित भ्युज पाउन सकिरहेका छैनन् । केही सीमित गीतबाहेक अरू गीतको भ्युज निकै कम छ । सोही कारण पनि लगानीकर्ताहरू भिडियो सार्वजनिक गर्न डराउनुपर्ने अवस्था छ । यद्यपि सम्बन्धित कलाकारहरू भने विभिन्न कारणले गर्दा चाइल्ड भर्सन ल्याउनमा ढिलाइ भएको बताउँछन् । 

गीतकार विपिन किरणले भने, ‘गीत रिलिज गर्ने भन्दाभन्दै निर्वाचन शुरू भयो । अब विस्तारै रिलिज गर्नुपर्छ ।’ उनले उक्त गीतमा गायकको स्केल अलिकति हाइ भएको बताए । ‘त्यसैलाई फाइनल गर्ने कि, रि एरेन्ज गरेर अथवा स्केल घटाएर फेरि रेकर्ड गर्ने भन्नेमा छलफल गर्न पाएका छैनौं,’ उनले भने, ‘एक दुई दिनमा छलफल गरेर यसलाई रिलिज गर्ने प्रोसेसमा जान्छौं ।’

चाइल्ड भर्सन नयाँ एरेन्ज गरेर ल्याउने कि भन्ने सोचमा रहेको उनले बताए । उनले पुरानै आउने भए अर्को हप्ता सार्वजनिक हुने र नयाँ रेकर्ड गरेर सार्वजनिक गर्ने भए १०–१२ दिन लाग्ने बताए । रचनाको भिडियो अपेक्षित नजानु र पुरानो ट्र्याकमै सार्वजनिक भिडियोको भ्युज राम्रै भए पनि पेमेन्ट राम्रो नभएकाले सोच्न बाध्य भएको बताए । 

‘ओए काजल’का गीतकार, गायक एवं मोडल चक्र बम ‘चाइल्ड भर्सन’ तयार भएपनि विभिन्न कारणले पछाडि धकेलिँदै गएको बताउँछन् । ‘उ बेला सार्वजनिक गर्ने भनेको मेरा अरू गीतहरू धेरै भएर रोकें,’ उनले लोकान्तरसँग भने, ‘बीचमा कार्यक्रमको सिलसिलामा एक महिना बाहिर भएँ । अहिले सार्वजनिक गर्ने भनेको फेरि अर्को गीत यही समयमा सार्वजनिक गर्नुपर्ने छ ।’ अब फेरि तीज गीतको माहोल शुरू हुने भएकाले उक्त गीत तीजपछि मात्र सार्वजनिक हुन सक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x