×

NMB BANK
NIC ASIA

विराटनगरमा ओली

गठबन्धन चुनावसम्मै कायम रहन्छ, नत्र धूलोपिठो हुन्छौं भन्ने उनीहरूलाई थाहा छ– ओली

जेठ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको बताएका छन् । 

Muktinath Bank

गठबन्धन टुटाउन बल गर्नुपर्‍यो भनेर हल्ला चलेपनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन नचाहने ओलीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले विराटनगरले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले  आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन्,’ ओलीले भने,‘गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’ 

Vianet communication
Laxmi Bank

भर्खरै सकिएको स्थानीय तहको चुनावमा एमालेको सबैको भन्दा मत राम्रो आएको समेत उनले दावी गरे । 

‘कांग्रेसको भन्दा एमालेको बढी छ,’ उनले भने,‘अरुको त हिसाब गर्नैपर्दैन । कांग्रेसको पनि गाँसगाँस जोडेर मात्रै त्यति भोट आएको हो । 

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै आफ्नो हैसियत हेरेर मात्रै अरुको हैसियत नाप्न सुझाव दिए ।

‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन्,’उनले भने,‘ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’

एमाले अध्यक्ष ओली अर्थमन्त्री जनार्दन शर्मा माथि पनि खनिएका छन् । 

‘आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउँछु भनेर अर्थमन्त्रीले बजेट भाषणमा भन्नुभयो । यो हावादारी गफ हो,’ ओलीले भने,‘देशको मात्रै होइन जहाँसुकैको अर्थशास्त्रीलाई सोधेपनि यो लक्ष्य पुग्न सक्दैन । अर्थमन्त्री भएका व्यक्तिलाई यो विषयमा कसैले जानकारी गराएको हुनुपर्ने हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x