साउन ३१, २०७९
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...
मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो ।
उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो ।
सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन ।
यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृ...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा ...
निहारिका राजपुत प्रकरणमा मुछिएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको हो । निहारिकाले आफू बलात्कृत भएको र त्यसमा श्रेष्ठ संलग्न रहेको भन्दै न्यायका लागि निरन्त...
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्य...
काठमाडौं आएको बखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका धरानका मेयर हर्क साम्पाङले सो क्रममा श्रमदानका लागि निम्ता दिएको बताएका छन् । ‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने न...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...