×

NMB BANK
NIC ASIA

ककनीमा २२० केभी प्रसारण लाइनमा चढेका व्यक्ति ओर्लिन नमान्दा ६० मेगावाटको आयोजना नै बन्द

जेठ २८, २०७९

NTC
तस्वीरः हरिकुमार गुरुवाचार्यको फेसबुकबाट ।
Premier Steels

नुवाकोटको ककनी गाउँपालिकामा एक व्यक्ति विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढेपछि ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । 

Muktinath Bank

शनिवार बिहान करीब १० बजेतिर नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय माइला विक ककनीको चतुराले भन्ने ठाउँबाट विद्युतको पोलमा चढेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने काम गरिरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले लोकान्तरसँग बताए । 


Advertisment
Nabil box
Kumari

‘बिहानैदेखि एक व्यक्ति विद्युतको पोल हुँदै तारमा चढेपछि विद्युत आयोजना नै बन्द गर्न लगाइएको छ । प्रहरीले उनलाई ओराल्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म ओराल्न सकिएको छैन,’ तामाङले भने । 

Vianet communication

ती व्यक्तिको मानसिक स्वास्थ असन्तुलित रहेको खुलेको तामाङले बताए । ‘प्रहरीले उनलाई फकाएर ओराल्ने प्रयास गरिरहेका छन् । तर, उनी मानिरहेका छैनन् । उनलाई ओराल्न पोलमै चढ्दा हामफाल्न सक्ने र ज्यान नै जोखिममा पर्न सक्ने भएकाले प्रहरी पोलमा चढेका छैनन्,’ तामाङले भने ।

विद्युतको तार हल्लाइरहेका उनलाई स्थानीय बासिन्दा र प्रहरीले बियर खुवाउने, पैसा दिने भनेर फकाउने प्रयास गरिरहेको भए पनि उनी प्रसारण लाइनको तारबाट ओर्लिन नमानेको तामाङले बताए ।

ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।

प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x